नेकपा (माओवादी केन्द्र) तनहुँका पालिकामा नयाँ नेतृत्व चयन

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा (माओवादी केन्द्र)ले तनहुँका सबै पालिकामा एकैसाथ अधिवेशन गरेको छ । जिल्लाका दशवटै पालिकामा माओवादी केन्द्रले एकसाथ अधिवेशन गरी नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको छ । अधिवेशन सम्पन्न भएर केही पालिकामा नेतृत्व चयन भइसकेका छन् भने केही पालिकामा सहमतिको प्रयास भइरहेको छ । भिमाद नगर कमिटीको अध्यक्षमा अमृत सिग्देल चयन भएका छन् । अधिवेशनबाट कमिटीको उपाध्यक्षमा पदमराज सुवेदी, तुलसीप्रसाद सिग्देल, ओमदत्त थापा, सचिवमा दशरथ गैह्रे, सहसचिवमा बोधराज सिग्देल र कोषाध्यक्षमा तममाया थाप चयन भएका छन् ।

ऋषिङ गाउँ कमिटीको अधिवेशनबाट वीरबहादुर थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी र सात सदस्यीय सल्लाहकार कमिटी गठन गरेको माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले बताए । गाउँकमिटीको उपाध्यक्षमा मधुप्रसाद थापा, शर्मिला अलो, बसन्त सदाशङ्कर, सचिवमा डम्बरबहादुर विक, सहसचिवमा कुशबहादुर थापा र कोषाध्यक्षमा गोपाल रानाभाट चयन भएका छन् ।

यस्तै, म्याग्दे गाउँकमिटीको अधिवेशनबाट दिलबहादुर नेपालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । गाउँ कमिटीको उपाध्यक्षमा होमबहादुर आले, जमुना अधिकारी, डण्डमान श्रेष्ठ, सचिवमा बालकृष्ण श्रेष्ठ, सहसचिवमा सोमबहादुर सदाशङ्कर र कोषाध्यक्षमा शुकराम नेपाली चयन भएका छन् ।

घिरिङ गाउँकमिटीको अध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षमा गोविन्दराज काफ्ले, विनु विक, मधु नेपाली, सचिवमा हरिहर अधिकारी, सहसचिवमा ओमबहादुर नेपाली र सहसचिवमा रामजी अर्याल चयन भएका छन् ।

त्यस्तै, शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा आकांक्षी धेरै हुँदा अधिवेशन स्थगीत भएको छ । शनिबार दुलेगौंडामा भएको अधिवेशनबाट अध्यक्ष लगायत पदका लागि सहमति हुन नसक्दा प्रविधिक र नीतिगत बिषयले अधिवेशन स्थगित गरिएको नगर कमिटी अध्यक्ष परशुराम भण्डारीले बताए ।

बन्द सत्रले नगर समितिमा रहने ६५ जना सदस्यको टुंगो लागेको भएपनि अध्यक्ष पदमा मनराज गुरुङ, शरण सापकोटा र बिष्णु खत्री तिन जनाले आ-आफ्नो दाबि नछोडेपछी आगामी शनिबारसम्मको लागि अधिवेशन स्थगित भएको भण्डारीले बताए । उनले भने, ‘आगामी शनिबार मंसिर १८ गते विहान ११ बजे भित्रसम्म सहमति हुन सके र्सवसम्मत पदाधिकारी चयन हुनेछ, नत्र भने मतदान हुनेछ ।’

अध्यक्षमा दाबि गरेका गुरुङ हाल नगर समिति सचिब तथा शुक्लागण्डकी नगरपालिका-१२ का वडाध्यक्ष हुन् । सापकोटा वाईसियल तनहुँका इन्चार्ज रहेका छन् भने खत्री नेकपा (माओबादी केन्द्र) जिल्ला समन्वय समितिका सचिवालय सदस्य हुन ।

कमिटीको उपाध्यक्षमा रामचन्द्र भण्डारी, चेतनारायण पौडेल, बुद्धिबहादुर खत्री, जौमाया बराल सुनार र राजु रानाले उम्मेद्वारी दिएका छन् । यसै गरी सचिवमा जस्वन पोख्रेल र अनिल तिवारी, सह सचिवमा अनिष ढकाल, सुमन आले, विनोद पौडेल, मिलन महत र कोषध्यक्षमा पहलसिं विक, झयामकुमारी थापाले उम्मेद्ववारी दिएको बताए । भण्डारीका अनुसार उपाध्यक्ष पदमा एक महिला सहित २ जना रहने छन् भने बाँकी पदमा एक/एक जना सदस्य निर्वाचित हुने छन् ।

माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसात गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मंसिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker