कविता प्रतियोगिता गरी सुर्यपालको रामवालोदयले मनायो ५९औं राष्ट्रिय बाल दिवस
भञ्ज्याङन्यूज

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी !’ भन्ने मुल नाराका साथ शुक्रबार लमजुङको मध्यनेपाल नगरपालिका-३ सुर्यपाल स्थित रामवालोदय आधारभूत विद्यालयले कविता प्रतियोगिता गरेको छ ।
५९औं राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा कक्षा ५ की एलिना नेपाली प्रथम, कक्षा ५ का जेनिशा रेग्मी द्धितीय, कक्षा ७ का सुशील नेपाली तृतीय र कक्षा ६ की रश्मी श्रेष्ठले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

कार्यक्रममा बालदिवसको अवसरमा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । यस क्रममा एलिना नेपाली कक्षा ५ नृत्य, अञ्जना नेपाली कक्षा ८ बालअधिकार सम्बन्धी लेख, अविना परियार कक्षा ३ र कृषा नेपाली कक्षा १ ले नृत्य, सुशील नेपालीले गीत गायन र जेनिशा रेग्मी कक्षा ५ र एलिना नेपाली कक्षा ५ ले नृत्य समेत प्रस्तुत गरेका थिए ।
बाल दिवसको नारा नारामा मात्रै सिमित हुन नहुने, बालबालिकाको हकहित, अधिकारका लागि सरकार समेत मौन रहन नहुने, स्वयंसेवामा बालबालिका प्रेरित हुन सक्ने जस्ता विषयबस्तुलाई कविताका माध्यमबाट बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

ने.जु.रे.स. रामवालोदय शिक्षक नायक रामकुमार श्रेष्ठको संयोजन आयोजित कार्यक्रममा बिद्यालयका नि. प्र.अ. मनमाया साखी, बालक्लव सह संरक्षक शिक्षिका सपना नेपाली, मूल्याङ्कन संयोजक अर्चना अधिकारी पौडेल, सदस्य अनिता शर्मा सेर्ढाई लगायतले बालदिवस र अतिरिक्त क्रियाकलापले बालबालिकामा पर्ने सकरात्मक प्रभावका विषयमा चर्चा गरेका थिए ।










