दमौलीमा सुरक्षा व्यवस्था कडा बनाउँदै नेपाली सेना, साँझ ५ बजेबाट कर्फ्यु लाग्दै

दमौली : जेनजी पुस्ताको आन्दोलनका कारण सोमबार र मंगलबार अशान्त बनेको तनहुँको सदरमुकाम दमौली बुधबार भने शान्त रहेको छ ।

सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनाले लिएपछि मंगलबार रातीदेखि नै सडकमा सेना परिचालन भएको थियो । सेना परिचालन भएपछि तनहुँको जनजीवन सामान्य बन्दै गएको छ ।

प्रदर्शनका क्रममा तनहुँको दमौलीमा रहेको अधिकांश सरकारी कार्यालयमा तोडफोड, आगजानी भएका छन् । प्रदर्शनकारीहरुले मंगलबार साँझ दमौली कारागारमा रहेका कैदीबन्दीहरुलाई समेत भगाएका छन् ।

यस्तै, नेपाली सेनाले सुरक्षा व्यवस्था आफ्नो नियन्त्रणमा लिएसंगै दमौलीका चोकचोकमा सेना र नेपाल प्रहरीले संयुक्त गस्ति तथा सर्वसाधारणहरुको चेकजाँच, सोधपुछ गरेको छ ।

नेपाली सेनाले तनहुँको सदरमुकाम दमौलीमा कर्फ्यु लगाइएको छ । नेपाली सेनाले कफ्र्युका लागि बजार क्षेत्रमा माइकिङ गरेको छ ।

कफ्र्युका समयमा सर्वसाधारणलाई घरबाहिर ननिस्किन आग्रह गरिएको छ । बुधबार साँझ ५ बजेदेखि भोली बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने जनाइएको छ । दमौली बजारका सम्पूर्ण व्यपार व्यवसाय बन्द भएका छन् भने मानिसहरुको चहलपहल न्यून रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker