बन्दीपुरमा निःशुल्क स्वास्थ्य शिविर

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने भएको छ । बियोन बोर्डर्स तथा युनिभर्सिटी अफ तस्मानियाको प्राविधिक सहयोग र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा विद्यालय स्तरीय स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न लागिएको हो ।
शिविरमा बालरोग विशेषज्ञद्वारा बालबालिकाहरूको स्वास्थ्य परीक्षण, दन्तरोग विशेषज्ञहरूद्वारा बालबालिकाहरूको दन्त परीक्षण, स्त्री तथा प्रसुति रोग विशेषज्ञद्वारा महिलाहरूमा हुने पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण गरिने भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन मंसिर ४ गते बन्दीपुर–३ स्थित सेराटारमा, मङ्सिर ५ गते वडा नम्बर ६ स्थित धरमपानी स्वास्थ्य चौकीमा र मंसिर ६ गते वडा नम्बर ४ स्थित बन्दीपुर अस्पतालमा हुनेछ ।