बालाचतुर्दशी पर्व : देवघाटधाममा शतबीज र्छन भक्तजनको भीड
भञ्ज्याङ न्यूज

प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा बालाचतुर्दशी पर्वका अवसरमा शतबीज र्छन आउने भक्तजनको भीड लागेको छ । मंसिर कृष्ण चतुर्दशीको दिन देवघाटमा शतबीज र्छन विहीबार बिहानैदेखि देवघाटधाममा भक्तजनको भीड लागेको छ । देवघाटधाममा शतबीज र्छनका लागि देशका विभिन्न जिल्लाबाट भक्तजनको आगमन भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए। तनहुँका अतिरिक्त चितवन, नवलपुर, नवलपरासी, हेटौँडा लगायतका जिल्लाबाट भक्तजन देवघाट आइपुगेको उनले बताए।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले विगतका वर्षहरुमा भन्दा यस वर्षभक्तजनको संख्यामा कमी हुनसक्ने अनुमान समितिले गरेको छ । ‘कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छौं’, घिमिरेले भने, ‘मापदण्ड अपनाएर विहीबार राति बत्ती बाल्न अनुरोध गरिएको छ ।’
रातभर जाग्राम बसेर भक्तजनले शुक्रबार बिहान दीप प्रज्वलन गरी शतबीज र्छर्ने गर्दछन् । शुक्रबार बालाचतुर्दशी पर्व, शतबीज छरेर मनाइँदै छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शतबीज र्छर्ने चलन छ । शतबीज र्छनाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै शतबीज र्छर्ने चलन छ।
शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज र्छर्ने चलन छ। बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुनजति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौँ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा र्छर्ने गरिन्छ ।










