घिरिङको जितपुरमा धारादी खानेपानी आयोजनाबाट घरघरमा खानेपानी

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको घिरिङ गाउँपालिका-४ स्थित जितपुर धारादी खानेपानी तथा सरसफाई आयोजनाबाट घरघरमा धारा जडान गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले खानेपानी आयोजनाको उद्घाटन गर्दै लामो समयदेखि पानीको अभावमा समस्या भोगिरहेको नागरिकका लागि यो खुशीको खबर भएको बताएकी छन् ।

‘आफु ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीको समस्या समाधानमा लागिरहेको छु’, सदस्य गुरुङले भनिन्, ‘आज धारादीमा खानेपानी सहज भएको क्षणमा सहभागी हुन पाउँदा आफुलाई निकै खुसी लागेको छ र अब यहाँका महिलादिदी बहिनीले खानेपानीको जोहो गर्न भौतारिनु पर्दैन ।’

कोभिड-१९ को निःशुल्क गराउने शंकल्प प्रस्तावलाई कम्युनिष्ट सत्ताले विफल गराएको भन्दै उनले जनताले भोगिरहेको महंगी र खाद्य बस्तुको सहज उपलब्धताको लागि स्थानीय तथा प्रदेश सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका नेपाली कांग्रेसका क्षेत्रीय सभापती एवं ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले नेपाली कांग्रेस विकासबाटै आफ्नो परिचय स्थापना गराउने उद्देश्यले लागिरहने बताए । श्रेष्ठले हामी सामुहिक परिवार हौं जितपुर लगायतको स्थानको खानेपानी, विद्युतिकरण तथा सडक विस्तार लगायत जनजिविकाको सवालमा अनवरत लागि रहने बताए ।

खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य सुशीलकुमार श्रेष्ठ, नेपाल तरुण दलका क्षेत्रीय सभापति दानबहादुर श्रेष्ठ, नेपाली कांग्रेस घिरिङ्गका उपसभापती सुमन थापा, घिरिङ्ग-४ का सभापती वीरबहादुर रानाभाट, ऋषिङ्ग गाउँपालिकाका प्रवक्ता विजय दरै, उपभोक्ता समितिका सदस्य भक्तबहादुर थापा, स्थानीय युवा कृष्ण थापा लगायतले ग्रामीण क्षेत्रको मुख्य समस्या भनेको खानेपानी, सडक, शिक्षा भएको हुँदा यस तर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker