मानवअधिकार अनुगमन समितिलाई क्रियाशिल बनाउन माग

भञ्ज्याङ समाचारदाता/दमौली

मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी जिल्ला स्तरीय अनुगमन सतितिलाई क्रियाशिल बनाउन माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैर सरकारी संस्था महासंघ र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको तर्फबाट समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुखलाई विहिबार ध्यानाकर्षण पत्र प्रदान गरिएको छ ।

मानवअधिकार सम्बन्धि पाँचौं राष्ट्रिय कार्ययोजना पारित गरि लागु गरेको दुइ वर्ष बित्न लागिसक्दा समेत तनहुँ जिल्लामा उक्त संयन्त्र परिचालन नभएको र संयन्त्रको बैठक समेत बस्न नसकेको हुँदा नागरिक संगठनहरुको तर्फबाट उक्त संयन्त्रको प्रभावकारी कार्यान्वयनको लागि अनुरोध गरिएको हो ।

चौंथो राष्ट्रिय कार्ययोजनासम्म यसको कार्यान्वयनको अवस्थाको अनुगमन गर्ने संयन्त्रको संयोजक प्रमुख जिल्ला अधिकारीलाई तोकिएकोमा प्रमुख जिल्ला अधिकारी फेरबदल भईरहने समस्याका कारण पाँचौं राष्ट्रिय कार्ययोजनाले कार्ययोजना कार्यान्वयनको अवस्थाको अनुगमन गर्ने स्थायी संयन्त्रको रुपमा रहने जिल्ला समन्वय समितिको प्रमुखलाई जिम्मेबारी तोकेको छ ।

तर अहिलेसम्म उक्त संयन्त्रले प्रभावकारी रुपमा अनुगमन कार्यलाई अगाडी बढाउन नसेकको र तनहुँ जिल्लामा संयन्त्रको कुनै गतिविधि समेत नभएको हुँदा मानवअधिकार सम्बन्धि पाँचौं राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयनको प्रभावकारी अनुगमन गरि मानवअधिकारको पुर्ण प्रत्याभुती दिलाउनका साथै जिल्ला स्तरीय अनुगमन संयन्त्रलाई क्रियाशिल बनाउन माग गरिएको हो ।

इन्सेक प्रतिनिधि तथा गैसस महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराइ र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडलले संयुक्त रुपमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाई उक्त ध्यानाकर्षा पत्र हस्तान्तरण गरेका थिए ।

सो पत्र बुझ्दै प्रमुख वाग्लेले यस संयन्त्रको बारेमा आफु अहिलेसम्म अनभिज्ञ रहेको हुँदा अव यस सम्बन्धी कार्यविधिको अध्ययन गरी यथाशक्य समितिलाई क्रियाशिल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा हुने जिल्ला स्तरीय अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्लामा रहेका स्थानीय तहका प्रमुखहरु, जिल्ला न्यायधिवक्ता, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, नेपाल बार एसोसियसनको प्रतिनिधि, नेपाल पत्रकार महासंघ जिल्ला शाखाको प्रतिनिधि र गैरसरकारी संस्था महासंघको जिल्ला शाखाको प्रतिनिधि सदस्य र जिल्ला समन्वय अधिकारी सदस्य सचिव हुने प्रवाधान रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker