बाँदर नियन्त्रण गर्ने कार्यक्रम ल्याउन कृषकहरुको माग

भञ्ज्याङ समाचारदाता/दमौली

कृषि ज्ञान केन्द्र तनहुँले विभिन्न १२ वटा कृषक समूह/सहकारीका प्रतिनिधि तथा सदस्यहरुसंग कृषि कार्यक्रमका विषयमा छलफल गरेको छ । छलफल कार्यक्रममा सहभागि कृषकहरुले कृषि क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न मागहरु प्रस्तुत गरेका छन् ।

ज्ञान केन्द्र तनहुँका अनुसार कृषकहरुले बाँदर तथा अन्य जंगली जनावर नियन्त्रण गर्ने कार्यक्रम सञ्चलान गर्न माग गरेका छन् । कृषकहरुले सरोकारवाल निकायसँग बाँदर तथा जंगली जनावरहरु नियन्त्रण गर्ने कार्यक्रम ल्याउन माग गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । बाँदर तथा जंगली जनावरले अन्नबाली तथा फलफूल नष्ट गरी सताउन थालेको हुँदा त्यस्ता जंगली जनावरहरुलाई नियन्त्रण गर्नुपर्ने मुख्य सुझाव आएको तिवारीले बताए ।

छलफलमा सहभागिहरुले कृषि उत्पादनको बजारको ग्यारेण्टी गर्न तथा बिक्री वितरणमा सरकारले सहजीकरण गर्नु पर्ने, सुरुको अनुदान भन्दा प्रतिफलमा आधारित अनुदान दिईनु पर्ने, सहुलियत रुपमा कृषि ऋणमा सहजता हुनु पर्ने माग गरेको प्रमुख तिवारीले बताए ।

यस्तै, कार्यालयले सूचना प्रकाशन र निवेदन माग गर्नु भन्दा पनि गाउँघर वा खेतवारीमा नै सेवा प्रदान गर्नु पर्ने, गाउँघरमा नियामित दक्ष प्राविधिक सेवा हुनुपर्ने, हाट बजार स्थापना र सञ्चालनमा सहयोग गर्नुपर्ने, जग्गा बाँझो राखेको भए स्थानीय पालिका वा वडाले जमिन नभएकालाई करारमा प्रयोग गर्न दिनु पर्ने माग गरेका छन् ।

कृषकहरुले कृषि उपज खरिद गर्ने व्यापारीसँग त्रिपक्षीय सम्झौताको व्यवस्था गर्ने कार्यक्रम ल्याउनु पर्ने, साना सिंचाई र हाटबजारको संरचना सरकारले नै बनाई दिनुपर्ने तथा कृषि सेनाको अवधारणा ल्याउनु पर्ने, ठुला फार्महरुलाई चालु खर्चमा सहयोग गर्नुपर्ने तथा बिउ, मल र सिंचाईको उचित व्यवस्था गर्नुपर्ने माग प्रमुख तिवारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker