बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

काठमाडौं निवासी मुस्लिम दम्पत्तिले व्यास-५ सागे सेरा स्थित सिन्धु आधारभूत विद्यालयका १२ जना बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन । उक्त विद्यालयको आवासमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई उनीहरुले सहयोग गरेका हुन ।
काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने इकबाल र निखत मुसलमानले ती बालबालिकालाई खाद्यान्न सहयोग गरेका हुन । उनीहरुले बालबालिकाका लागि उपलब्ध गराएको खाद्यान्न विद्यालयकी अध्यक्ष बिमला कुमाललाई हस्तान्तरण गरेका थिए । विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए । सो विद्यालयमा १७ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु अध्ययतरत छन ।