निर्वाचन क्षेत्रका जनतासंग सांसद सिग्देलको अन्तरक्रिया : विकासका लागि बजेट अभाव हुँदैन

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष केदार सिग्देलले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग भेटघाट गरी अन्तरक्रिया गरेका छन् ।

निर्वाचनका समयमा जनतासंग गरिएको प्रतिवद्धताहरु पुरा गर्न लागि परेका सांसद सिग्देलले जनताको घरदैलोमा पुगि विकास निर्माणका कामका विषयमा छलफल एवं अन्तरक्रिया गरेका हुन् ।

कोरोना संक्रमण जोखिमलाई ख्याल गदै आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सांसद सिग्देलले जनअपेक्षा र सरकारले गरेका काम कारवाहीका बारेमा जनतासँगको धारणा बुझन र वुझाउन लागि परेका छन् ।

जनतासँग भेटघाट गर्ने क्रममा सासंद सिग्देलले व्यास-५ मा रहेको पराशर गुफा, पाटनको झोलुङ्गे पुल, पराशर आश्रम, पाटन खेलमैदानका अवलोकनका साथै पाटनमा जनतासँग गुनासो सम्वोधन गरेका थिए । यसैगरि सासंद सिग्देलले चापाघाट-कण्टार खानेपानी आयोजनाका सहभागीहरुसँग विकास निर्माण र अगामी दिनमा खेल्ने भुमिकाका विषयमा सुझाव मागेका थिए । जनचाहना बुझनका लागि जनताको घरदैलोमा पुगेर गुनासो सुनेका सासंद सिग्देलले बताएका छन् ।

कार्यक्रममा सासंद सिग्देलले विकास निर्माणमा कुनै पनि पक्षपात नगरिने बताएका छन् । कण्टार-चापाघाट खानेपानी संस्थाबाट आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे विकासमा कुनै पनि राजनीति नगरिने र गर्न नहुने बताए । लोकतन्त्रको सुन्दर पक्ष नै सबैको समान अस्तित्व र अधिकार भएको बताउँदै उनले जनताको समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।

संस्थाका अध्यक्ष बलभद्र खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा विनियोजित बजेट कार्यन्वयनका लागि स्थानीय नै चनाखो हुनुपर्ने बताउँदै सासंद सिग्देलले विकासमा बजेटको कमि नहुने बताए ।

यस्तै, सासंद सिग्देलले सो अवसरमा पतेनीको आमा समुह, उदय माध्यामिक विद्यालयको भवन निर्माणको अवलोकन समेत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker