अस्थिर सरकारका कारण मुलुकमा अनुशासनहिनताले प्रश्रय पायो : एमाले नेता गुरुङ

नेकपा एमालेका स्थायी कमिटी सदस्य किरणण गुरुङले अस्थिर सरकारकाका कारण मुलुकमा अनुशासनहिताले प्रश्रय पाउँदै गएको बताएका छन् । नेकपा एमाले शुक्लागण्डकीको बुधबार दोस्रो नगर अधिवशेनलाई सम्बोधन गर्दै उनले देशमा सरकारको स्थिरता नभएका कारण अनुशासनहिन, विसंगतीले प्रश्रय पाइरहेको टिप्पणी गरे ।

‘देश बनाउने दलले निर्वाचनमा जित्न नसक्दा अहिलेको परिस्थिति भएको छ, उनले थपे, ‘नकरात्मक शक्ति र विचार हाबी छ । यी सबैलाई मथ्थर पार्न एमालेले नेतृत्व गर्नुपर्छ ।’ एमालेले मिसन २०८४ को नारा अघि सारेको बताउँदै अब राजनीतिक स्थिरता कायम हुने गरी अघि बढ्नु जरुरी रहेको उल्लेख गरे । पूर्व मन्त्री समेत रहेका गुरुङले वडा, पालिका, जिल्ला र प्रदेशका अधिवेशन सर्वसम्मत रुपमा चयन गरी मिसन २०८४ लाई सफल पार्न योग्य, सक्षम र गतिशिल नेतृत्व अधिवेशनबाट आउनुपर्नेमा जोड दिए।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महतले वडा तहलाई बलियो बनाए मात्र पार्टी बलियो हुने बताउँदै आगामी निर्वाचनमा एमालेमय बनाउन प्रत्येक प्रतिनिधी क्रियाशिल हुन आग्रह गरे । उनले आगामी २०८४ मिसन सफल बनाउने जुझारु समिति अधिवेशनबाट आउने विश्वास व्यक्त गरे ।

नगर कमिटीका कार्यवहाक अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य सविता रसाइली, पुर्व केन्द्रीय सल्लाहाकार शेषमणी आचार्य, पुर्व केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सल्लाहाकार नरेन्द्र वाग्ले, प्रदेश सदस्य एवं गण्डकी प्रदेश सभाका सांसद श्यामराजा महत, प्रदेश कमिटीका सदस्यद्वय कृष्णकुमारी श्रेष्ठ र कमल ढकाल, जिल्ला कमिटीका उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी, उपसचिवद्वय खिम कुमाल र सुनिता नेपाली लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए।

नगर कमिटी सचिवालय सदस्य बुद्धि बहादुर थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन तिर्थराज खनालले गरेका थिए । विहिवारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा कुल ३२९ प्रतिनिधी सहभागी छन् । नगरको नेतृत्वकालागि कार्यबाहक अध्यक्ष रघुनाथ पौडेल, दुर्गा कुमार श्रेष्ठ लगायत आकांक्षी छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker