लमजुङको राइनासमा आफ्नै साथीको हत्या

लमजुङ : लमजुङको राइनास नगरपालिका-४, सातबिसेमा एक युवकले आफ्नै साथीको हत्या गरेको खुलेको छ । निर्माणाधीन राइनास नगर अस्पतालका सुरक्षा गार्ड अन्दाजी २२ वर्षीय विशाल दाहालको आफ्नै साथीबाट हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराका अनुसार दाहाल आफैं सुत्ने कोठामा आइतबार मृत भेटिएपछि प्रहरी चौकी तिनपिप्लेबाट प्रहरी निरीक्षक राजाराम खतिवडाको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो । उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सिन्धुलीको कमलामाई नगरपालिका-१० घर भएका दाहालको टाउकामा पछाडि चोट देखिएको र घोप्टो अवस्थामा रहेको, ढोका बन्द र झ्याल खुला अवस्थामा रहेको देखिएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयमार्फत तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा दाहालसँगै हिँडडुल गरिरहने राइनास -३ का ३० वर्षीय सागर परियारको ढुंगा प्रहारबाट दाहालको मृत्यु भएको खुल्न आएको डीएसपी बोहराले बताए । उनका अनुसार खोजतलासका क्रममा परियारलाई साथीसँगै बस्दै गरेको अवस्थामा सोमबार बिहान ४ बजेतिर बेंसीसहरबाट पक्राउ गरिएको छ ।

डीएसपी बोहराका अनुसार घटनाका दिन शनिबार बेलुकी छिमेकीको पसलमा रक्सी सेवन गरेर साथमा रक्सी र मासु लिएर दाहलको कोठामा गएको र दुवैजनाले विहानपख ३–४ बजेसम्म रक्सी खाँदै गर्दा विवाद बढेको खुलेको छ । विवादका क्रममा परियारले दाहाललाई ढुंगा प्रहार गरेको सोधपुछका क्रममा परियारले भनेका छन् । ‘पक्राउपछि सोधपुछका क्रममा दुवैजना बसेर रक्सी खाँदै गरेको र आपसमा विवाद हुँदा नजिकै रहेको ढुंगा प्रहारबाट दाहालको मृत्यु भएको परियारले स्वीकारेका छन्,’ डीएसपी बोहराले भने ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker