तनहुँको बन्दिपुर गाउँपालिकाद्वारा प्रधानाध्यापकको नेतृत्व क्षमता विकास तालिम

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले जाइका (आइमिन) परियोजनाको सहयोगमा प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास तालिम गरिएको छ । गाउँपालिका भित्रका ३१ वटा विद्यालयका प्रधानाध्यापकहरुको लागि पाँच दिने नेतृत्व क्षमता विकास तालिम सञ्चालन गरिएको हो । विद्यार्थीहरुको शैक्षिक कार्यसम्पादनमा सहयोग पुर्‍याउने क्रियाकलापहरु समावेश तालिममा विद्यालय सुधार योजनामा विद्यालयस्तरमा विद्यार्थी, शिक्षक तथा अभिभावक लक्षित क्रियाकलापका विषयमा सहजिकरण गरिएको थियो ।

विद्यालयस्तरमा भएका विभिन्न क्रियाकलापहरुको बारेमा छलफल, विद्यालयले गरेका राम्रा अभ्यासहरुको आदाननप्रदान गर्दै अब गर्न सकिने क्रियाकलापहरुको विषयमा छलफल तथा त्यस्ता अभ्यासहरुलाई विद्यालय सुधार योजनामा कसरी समावेश गर्न सकिन्छ भन्नेमा तालिम केन्द्रित रहेको गाउँपालिका शिक्षा अधिकृत विष्णु खत्रीले बताए । तालिमका क्रममा प्रधानाध्यापकहरुबाट अनुभवको आदानप्रदान गर्दै विद्यालय सुधार योजनाको खाका समेत तयार गरिएको थियो । कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष महत्व दिदै आइरहेकोमा बिद्यालयहरुको भौतिक पूर्वाधार सुधार गर्दै समयानुकुलको शिक्षा प्रदान गर्न लागि परेको बताए ।

गाउँपालिका अब शैक्षिक कार्य सम्पादनमा अघि बढ्दै बिद्यार्थीहरुको गुणस्तरीय शैक्षिक सक्षमता विकासमा ध्यान दिन तालिम फलदायी भएको बताउँदै अध्यक्ष थापाले तालिममा सिकेका ज्ञान तथा सिपलाई उपयोग गर्न आग्रह गरे ।

जाइकाको सहयोगमा बन्दिपुरमा शैक्षिक कार्यसम्पादनमा सहयोग पुर्‍याउन विभिन्न कार्ययोजना अन्तर्गत यो तालिम सञ्चालन गरिएको जाइका आइमिन परियोजनाका जिल्ला परियोजना अधिकृत रविन्द्र आचार्यले बताए । यस्तै, शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत विश्व रेग्मी, शिक्षा तालिम केन्द्रका प्रशिक्षक प्रकाश देवकोटा तथा गाउँपालिका शिक्षा अधिकृत विष्णु खत्रीले तालिममा विभिन्न विषयमा सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker