भानु नगरपालिकाले स्थापना दिवस मनाउने

भानु : तनहुँको भानु नगरपालिकाले स्थापना दिवस मनाउने भएको छ । २०७२ साल असोज १५ गतेबाट विधिवत स्थापना भएको उपलक्ष्यमा नगरपालिकाले दशौं स्थापना दिवस मनाउने तयारी गरेको छ ।
हरेक वर्षको जस्तै, यस वर्ष पनि विविध कार्यक्रमका साथ स्थापना दिवस मनाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ । स्थापना दिवसका अवसरमा नगर शिक्षा समितिले विविध कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।
नगरपालिकाले असोज १५ गते विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म, प्रत्येक विद्यालयले शिक्षक, विद्यार्थी र स्थानीय सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधिहरूसँग मिलेर विद्यालय प्राङ्गण र सेवाक्षेत्र आसपासको सरसफाई गरी फोहोरको उचित व्यवस्थापन गर्ने भएको छ ।
नगरपालिकाले असोज १५ र १६ गते अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगितामा गर्ने र उक्त प्रतियोगितामा शिक्षक उपस्थित हुन नसकेमा विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने भएको छ ।
यस्तै, स्थपना दिवसका अवसरमा असोज १४, १५ र १६ गते साँझ सबैले आफ्ना घर र विद्यालयमा दीपावली गर्न नगर शिक्षा शाखाले आग्रह गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker