तनहुँको म्याग्देमा वडा समितिलाई योजना तर्जुमा र अनुगमन सम्वन्धी तालिम

भञ्ज्याङन्यूज

तनहुँको म्याग्दे गाउँपालिकामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले गाउँपालिकाको वडा समितिलाई सहभागितामुलक योजना तर्जुमा र अनुगमन सम्वन्धी तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक ऋषि पाण्डेले तालिमको उद्देश्य र महत्वका विषयमा चर्चा गरेका थिए ।

गाउँपालिकाका जनप्रतिनिधिहरुलाई विकास र योजना, नेपालको संघीय संरचना र स्थानीय तहको काम, कर्तव्य र अधिकार सम्वन्धी विषयमा प्रशिक्षण दिईएको थियो । स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र वडा समितिको भुमिका के हुने भन्ने विषयमा प्रतिष्ठानका क्षमिता विकास विज्ञ विष्णु नेपालीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जनप्रतिनिधीहरुलाई वस्तिस्तरमा योजना छनौट तथा वडास्तरमा प्राथमिकता निर्धारण कसरी गर्ने भन्नेमा छलफल गरिएको थियो ।

प्रशिक्षक कपिल न्यौपानेले बजेट तथा कार्यक्रम तर्जुमा समितिको भुमिका र एकीकृत योजना तर्जुमा प्रक्रिया, सुशासन, समाजिक जवाफदेहिता र अनुगमन तथा मुल्याङ्कन र भुक्तानी प्रक्रिया सम्वन्धी जानकारी दिईएको थियो ।

प्रशिक्षक भानु पराजुलीले योजनाको अवधी, योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, जवाफदेहिताको मुख्य औजारका विषयमा प्रकाश पारेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker