सवारी चालक तामाङलाई संगठनको आर्थिक सहयोग

  • भञ्ज्याङ समाचारदाता (डुम्रे)

प्रकृतिक रोगका कारण अशक्त भएका सवारी चालक बुद्धि बहादुर तामाङलाई आर्थिक सहयोग गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन डुम्रे बेसीसहर इकाइले तामाङको उपचारका लागि आर्थिक सहयोग गरेको हो । बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा मार्फत इकाइले लामो समयदेखि प्रकृतिक रोगका कारण अशक्त भएर उपचाररत तामाङलाई उनका दाजु सन्तविर तामाङ्गलाई नगद २ लाख ४७ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज कर्णसिं गुरुङ, गण्डकी प्रदेशका अध्यक्ष विष्णु बहादुर खत्री, नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष निरज श्रेष्ठ, इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज प्रकाश भुसाल, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिका सल्लाहाकार घनश्याम श्रेष्ठ, क्षेत्रीय संयोजक सुरेन्द्र पुन, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, स्थानीय जीवन कायस्थ, पूर्व अध्यक्ष भीम लामा, विकास धिताल, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालि डुम्रेका प्रमुख रामकृष्ण खनाल लगायतले यातायात व्यवसायी तथा यातायात मजदुरहरुको समस्यामा यो सहयोग उदहारणीय भएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker