सडक डाइभर्सन

पृथ्वीराजमार्ग अन्तर्गत आँवुखैरेनी-जामुने खण्डको आँवुखैरेनीमा सडक डाइभर्सन गरी सडक विस्तारको काम गरिदै । आँबुखैरेनी-जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्व २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी सडक विस्तारको काम तीब्र पारेको छ । आँवुखैरेनीदेखि पोखरासम्मको सडकलाई दुइ खण्डमा विभाजन गरी अहिले सडक सिमाक्षेत्रका रुख काट्ने काम अन्तिम चरणमा पुर्‍याइएको छ । पश्चिम खण्ड अन्तरगत जामुने-पोखरा ३९ किलोमिटर सडकको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ ठेक्का सम्झौता गरी काम अगाडि बढाउको छ । वि.सं. २०२६ सालमा रेखाङ्कन भएको पृथ्वीराजमार्गमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

तस्विर : निशा थापा मगर/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker