तनहुँको देवघाट र गोरखाको सहिद लखन गाउँपालिका बीच भगिनी सम्बन्ध स्थापित

  • खड्का पामी आले (देवघाट)

तनहुँको देवघाट र गोरखाको सहिद लखन गाउँपालिका बीच भगिनी सम्बन्धी स्थापित गरिएको छ । धार्मिक पर्यटनको महत्व बोकेका दुइ पालिकाका अध्यक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरेका हुन् ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा र सहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर बिच बिहीबार भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै गाउँपालिकामा रहेका धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचार-प्रसार, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित उक्त भगिनी सम्बन्धले आन्तरिक तथा बाहृय पर्यटन बढाउने विश्वास लिएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाको भ्रमण टोलीले गोरखा घैंरुङ पुग्दा, सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले प्रथम सहिद लखन थापा मगरको प्रतीकात्मक तस्विर र मनकामना मन्दिरको फोटो हस्तान्तरण गरी स्वागत गरेका थिए ।

दुबै पालिकाले सामाजिक सद्भाव कायम गरी एक अर्काको गाउँपालिका क्षेत्र भित्र रहेका धार्मिक स्थलहरु, साँस्कृतिक ग्राम, ऐतिहासिक स्थलहरुका विषयमा प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धनमा भगिनी सम्बन्ध कायम गरेका थिए ।

संसारका हिन्दु धर्मालम्बिहरुको पवित्र तिर्थस्थल देवघाटधाम देवघाट गाउँपालिकामा पर्दछ भने सबैको आस्थाको केन्द्र प्रसिद्ध मनकामना मन्दिर सहिद लखन गाउँपालिकामा पर्दछ । धार्मिक तथा साँस्कृतिक रुपमा महत्व बोकेका अन्य गाउँपालिकासंग पनि देवघाट गाउँपालिकाले आफ्नो भगिनी सम्बन्ध स्थापित गर्दै जाने अध्यक्ष थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker