नेता जोशीद्वारा तेस्रो चरणको १० दिने गृह जिल्ला भ्रमण अभियान

भञ्ज्याङ समाचारदाता/दमौली

पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले तेस्रो चरणको १० दिने गृह जिल्ला भ्रमण अभियान चलाउने भएका छन् । नेता जोशीले पुस १८ देखि २७ गतेसम्मको जनता भेटघाट कार्यक्रम चलाउन लागेका हुन् । नेता जोशीले आँबुखैरेनी, कुमालटारी, कलेस्तीदोभान, क्यामिन, पुलिमर्‍याङ, मेवाबारी, नारायणचौर, टुटेपानी, देवघाट, कोटा, छिपछिपे, साराङघाट, घुमाउने, प्युघर, लगायतका स्थानका जनतासँग भेटघाट गर्ने कार्यक्रम तयार गरेका छन् ।

नेपाली काँग्रेस तनहुँका संस्थापक सचिव समेत रहेका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ काँँग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् । यसैसन्दर्भमा आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई मध्यनजर गर्दै जनताको अभिमत बुझ्न नेता जोशीले दुइ चरणको अभियान सकिसकेका छन् । १९ वर्षदेखि सत्ता बाहिर रहनु भएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा परिचित छन् । नेता जोशीले जिल्लाको शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा महत्वपूर्ण काम गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker