अधुरा खानेपानी सम्पन्न गराउन आगामी वर्ष पर्याप्त बजेट : मुख्यमन्त्री

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले अधुरा रहेका खानेपानी योजना सम्पन्न गराउन आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्ने बताउनुभएको छ । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको शनिबार यहाँ आयोजित ११औँ साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले हरेक नागरिकलाई आधारभूत खानेपानी सुविधा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

“अझै पनि धेरै गाउँमा खानेपानीको सुविधा पुगेको छैन्”, उहाँले भन्नुभयो, “दुइ वर्ष कोरोना सङ्क्रमणका कारण खानेपानी योजना सम्पन्न हुन सकेनन्, त्यस्ता योजना सम्पन्न गर्नका लागि सरकार गम्भीर छ ।” मुख्यमन्त्री पोख्रेलले दुइ वर्षभित्र प्रदेशवासीलाई आधारभूत खानेपानी सुविधा पुर्‍याउने नीति लिइएको उल्लेख गर्नुभयो ।

उहाँले कुवाको पानी उपभोग गर्न बाध्य जनतालाई आगामी वर्षभित्र आधारभूत खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू नेतृत्वको सरकारले पाँच हजार घरमा खानेपानी सुविधा पुर्‍याइसके पनि त्यो पर्याप्त नरहेको उल्लेख गर्दै उहाँले सरकार परिवर्तन भए पनि खानेपानी र उज्यालो प्रदेशका कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोख्रेलले स्वच्छ खानेपानी सुविधा पुर्‍याउन सकिए स्वास्थ्यतर्फको लगानी घट्ने उल्लेख गर्दै खानेपानीका कारण ८० प्रतिशतभन्दा बढी रोग लाग्ने तथ्याङ्कले देखाएको बताउनुभयो । उहाँले एक घरः एक धारा सरकारको प्राथमिकतामा रहेको पनि बताउनुभयो । आन्तरिक मामिलामन्त्री डोवाटे विकले आगामी वर्षो बजेटमा अधुरा खानेपानी सम्पन्न गराउने गरी पर्याप्त बजेट विनियोजन गरिने बताउनुभयो ।

जलस्रोत तथा ऊर्जामन्त्री हरिशरण आचार्यले सबै नागरिकलाई खानेपानी सुविधा पुर्‍याउनु सरकारको कर्तव्य रहेको उल्लेख गर्दै खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क गराउनेतर्फ सरकार अगाडि बढेको बताउनुभयो ।

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष वृषराज श्रेष्ठले बजार क्षेत्रमा वितरण गरिएको पानी अझै पनि पर्याप्त नभएकाले खानेपानी योजना विस्तारको योजना बनाइएको बताउनुभयो । उहाँले खानेपानीलाई विद्युत् महसुल शुल्कमा छुट दिन सरकारसमक्ष आग्रह गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker