महोत्सवमा आज मिस्टर डि आउने
भञ्ज्याङ समाचारदाता/दमौली

प्रथम दमौली पाटन सांस्कृतिक महोत्सवमा चर्चित पप गायक मिस्टर डिको प्रस्तुती रहने भएको छ । मिस्टर डिसंगै स्थानीय कलाकारहरु मेघनाथ रिमाल, सिता केसी, सुभद्रा श्रेष्ठ, सुभाष गुरुङ लगायतको प्रस्तुती रहने आयोजिकले बताएको छ ।
यस्तै, महोत्सवमा शनिबार गायिका ज्योति मगर आउने भएकी छन । ज्योति मगरको प्रस्तुती हेर्न गाउँगाउँबाट दर्शकहरु आउने दावी आयोजकले गरेको छ । महोत्सव आयोजकले महोत्सव एक दिन लम्ब्याएको छ । आइतबारसम्म महोत्सव लैजाने तयारी गरिएको पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए । महोत्सवका मुल संयोजक पवन चुमी थापा मगरले महोत्सव ४ गतेसम्म लैजान तयारी भएको बताए । दर्शकको मागलाई ध्यानमा राखी एक दिन थप गर्न लागिएको बताइएको छ ।










