कांग्रेस तनहुँको पदस्थापन, गुटबन्दी अन्त्य गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँको आज आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।

देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राख्नुभयो । “गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ, त्यसतर्फ सबै लागौँ”, उहाँले भन्नुभयो । १४औँ महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत नभएपछि आफू उम्मेदवार नबनेको बताउँदै पौडेलले तटस्थ भूमिकामा बसेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले बीपीको विचार र सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । “बीपीको विचार र सिद्धान्त कांग्रेसले भुल्दै गएको छ, बीपीको विचारलाई अनुसरण गर्न सक्नुपर्छ”, पौडेलले भन्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको बताउँदै विगतका कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा कांग्रेसको १४औँ महाधिवेशनका क्रममा जिल्ला अधिवेशनबाट निर्वाचित सभापति जितप्रकाश आलेलाई निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले पद हस्तान्तरण गर्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker