व्यास नगरपालिका : आधारभूत तहसम्म मासिक शुल्क नलिन निर्देशन

तनहुँको व्यास नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुलाई आधारभूत तह (कक्षा ८) सम्मको मासिक शुल्क नलिन निर्देशन दिएको छ । शिक्षा निःशुल्क गर्ने अभियान अन्तर्गत पहिलो चरणमा आधारभूत तहसम्म कुनै पनि विद्यालयलाई शुल्क नलिन निर्देशन दिएको हो ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्न आगामी नगरसभाबाट विद्यालयको आवश्यक खर्च व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

कार्यपालिका बैठकले व्यासनगर शिक्षा शाखाबाट प्रस्तुत सामुदायिक विद्यालयहरूले हाल लिइरहेको शुल्क विवरण, विद्यार्थी संख्या, दरबन्दी संख्या सम्बन्धी प्रतिवेदन उपर छलफल गरी यसै शैक्षिक वर्षमा आधारभूत तह निःशुल्क गर्ने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी गराए ।

बैठकले व्यासनगर सभामा पारित योजनाहरूलाई प्राथमिकतामा राखी सम्झौता प्रक्रिया अघि बढाउन र विपद्जन्य कार्य एवं अत्यावश्यक कार्यलाई मात्र बजेट सीमाभित्र रही बजेट विनियोजन गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

उनका अनुसार गरिब परिवार पहिचान सम्बन्धी निर्देशिका २०८० अनुसार खागामी मंसिर मसान्तसम्म नगरपालिकाका सबै वडाका विपन्न गरिब परिवारको तथ्याङ्क संकलन गर्ने व्यवस्था मिलाउन कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।

यसैगरी व्यास नगरपालिका विपन्न सुरक्षित आवास सहयोग कार्यविधि २०८१ को आधारमा खरको छाना भएका वा जीर्ण अवस्थाका विपन्न घरपरिवारलाई १५ दिनभित्र सम्बन्धित वडामा निवेदन दिन सूचना दिने निर्णय बैठकले गरेको प्रवक्ता गुरुङले जानकारी गराए।

बैठकले व्यासनगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ को दफा ८(२) अनुसार व्यास नगर प्रज्ञापरिषद्मा काशीनाथ न्यौपाने, हरिसिंह गुरुङ, देवीबहादुर बस्नेत र नारायणी अधिकारीलाई मनोनित गरेको छ ।

नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मका वडाका सरसफाई सेवा लिने व्यवसायी, घरधनी, घरभाडामा बस्नेहरूलाई सरसफाई कार्ड वितरण गर्ने निर्णय भएको नगरप्रवक्ता गुरुङले जानकारी दिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker