नेकपा विभाजनको असर : दमौलीमा प्रचण्ड-नेपाल पक्षको अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर तनहुँमा पनि देखिएको छ । नेकपामा देखिएको विभाजनको असर अहिले केन्द्रहुँदै प्रदेश र जिल्ला तहसम्म आइपुगेको छ । यही विभाजनको असर नेकपा तनहुँमा पनि देखिएको छ । नेकपा तनहुँका प्रचण्ड-नेपाल पक्षले आइतबार दमौलीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा गरेको छ । केन्द्रीय नेताहरुको उपस्थितीमा तनहुँ उद्योग वाणिज्य संघको हलमा आयोजित प्रशिक्षणमा जिल्लाका वडा तहसम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

नेकपा जिल्ला कमिटी तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला इन्चार्ज समेत रहेको केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक तथा कानुन मन्त्रि हरिबहादुर चुमानले सम्बोधन गरेका थिए ।

त्यस्तै, कार्यक्रममा केन्द्रीय सदस्यहरु पिएल श्रेष्ठ, आशा कोइराला, केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, अञ्चल कमिटी सदस्य शंकरनारायण श्रेष्ठ, विघटित प्रतिनिधि सभाका सदस्य कलिला खान, नेताहरु चित्र थापा, ओमकुमारी पौडेल, मदन आले, विष्णुभक्त सिग्देल, व्यास नगर इन्चार्ज श्रीराम कार्की लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम तत्काल सच्याउनु पर्ने माग गरेका थिए । जिल्लामा आफ्नो नेतृत्वको पक्षमा पकड बढाउन गरिएको यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागि भएकाहरु । तस्विर : भञ्ज्याङ

यता प्रधानमन्त्री ओली पक्षका जिल्ला अध्यक्ष एवं विघटित प्रतिनिधि सभा सदस्य केदार सिग्देलले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा जिल्लामा नेकपा तनहुँले कुनै पनि कार्यक्रम आयोजना नगरेको उल्लेख गरेका थिए ।

उनले भनेका छन्, ‘कमरेडहरू, आज पौष १२ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी तनहुँले कुनै भेला राखेको छैन, अनाधिकृत हल्लाको भ्रममा नपर्न आग्रह गर्दछु । बरु छिटै अध्यक्ष र सचिवको परामर्शमा जिल्ला कमिटीको बैठक आयोजना हुनेछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker