दशैं पर्व भित्रियो : व्यापार व्यवसायमा उत्साह छाएन

भञ्ज्याङ समाचारदाता/दमौली

नेपालीको ठूलो पर्व विजयदशमी घरआँगनमा भित्रिएको छ । यो पर्व नेपालीहरुले विशेष उत्साह र तयारीका साथ मनाउने गर्छन । रोजगारी, अध्ययन, व्यवसाय तथा विभिन्न कारणले घर भन्दा टाँढा रहेकाहरु दशै पर्व मनाउन घर फर्कने क्रम सुरु भएको छ ।

विगतका वर्षहरुमा घटस्थापना पश्चात दशै पर्वको जुन उत्साह र उमङ्ग छाउँथ्यो यस वर्ष भने त्यस्तो देखिएको छैन । घटस्थापनासंगै तनहुँका बजार क्षेत्रमा मानिसहरु आवश्यक वस्तु खरिद बिक्री गर्न आउँदा निकै भिड लाग्ने गथ्र्यो । तर, यो वर्ष त्यस्तो देखिएको छैन । बजार क्षेत्रहरु प्रायः सुनसान छन् ।

दशै पर्व नजिकिएपनि जिल्लाका बजार क्षेत्र सुनसान छन् । चाडर्पका लागि किनमेलका गर्न मानिसहरु बजार नझर्दा बजार क्षेत्र सुनसान हुन पुगेका हुन् । ग्रामीण क्षेत्रको बजारका रुपमा चिनिने दमौली बजार पनि यतिबेला सुनसान छ ।

व्यवसायीहरु दिनभरी ग्राहकको प्रतिक्षामा बसेपनि अक्कलझुक्कल मात्र बजार क्षेत्रमा मानिस देखा परेका छन् । अघिल्लो वर्ष तीज लगायतै बजार क्षेत्रमा छुट्टै चहलपहल हुने गर्दथ्यो तर अहिले भने पसलमा मुस्किलले एकदुइ जना ग्राहकहरु आउने गरेको व्यास-२ स्थित बिहानी बजारकी प्रोपाइटर बसुन्धरा घर्ती बताउँछिन् ।

‘घटस्थापनाको ४/५ दिन अघिदेखि पसल ग्राहकले भरिभराउ हुन्थ्यो । एकदुइ जनाले समाल्न नसकेर चाडपर्वको समयमा कर्मचारी थप गर्नुपर्ने हुन्थ्यो’, व्यास-२ स्थित फेन्सि व्यवसायी प्रमिला श्रेष्ठ भन्छिन्, ‘अहिले त सुख्खा छ । बजारमै मान्छे छैनन् । पसलमा कताबाट आउन् ? दशैमा राम्रो व्यापार होला भनि ५ जना कर्मचारी थप राखियो । अब व्यापार नै नभए यनिहरुलाई तलब कताबाट दिनु भन्ने चिन्ता छ ।’

अघिल्ला बर्ष पसलमा ग्राहकको भिडभाडले खाना/खाजा पनि समयमा खाना नपाएको सम्झदै उनले भनिन्, ‘अहिले त आराम छ । पहिले एकै दिनमा थोरैमा २ लाख देखि धेरैमा ३ लाख ५० हजार रुपैयासम्मको व्यपार भएको थियो अहिले एक लाख पनि पुग्छ कि नै भन्ने चिन्ता छ ।’

जिल्लाको आँवुखैरेनी, डुम्रे, दमौली, थर्पु, खैरेनीटार, दुलेगौंडा, भिमाद लगायतका बजार क्षेत्रमा विशेषगरी ग्रामीण क्षेत्रका मानिसहरु किनमेलका लागि आउने गर्छन् ।

तर पछिल्लो समय कोरोनाका कारण धेरैले रोजगारी गुमाएर गाउँ फर्कि गाउँमै सानोतिनो खाद्यन्नको पसल गरी बसेका छन् । कोरोनाकै असरका कारण यतिबेला मानिसको खर्च गर्ने क्षमता पनि कम भएको छ । आर्थिक पाटो कमजोर भएका कारण उनीहरु बजार क्षेत्रमा आएर किनमेल गर्ने पनि कम भएको छ ।

यस्तै, ऋण धन गरी भाूडामा कोठा लिएर व्यापार व्यवसायी गर्नेहरु चाडपर्वमा पनि व्यापार नहुँदा मर्कामा परेको बताउँछन् । ‘बजारमा अन्य दिनमा देखिने जति चहलपहल पनि छैन । पसलमा मुस्किलले दुइतीन जना देखिन्छन्’, फेन्सि व्यवसायी कविराज श्रेष्ठले भने, ‘चार्डपर्वकै लागि भनेर लगानी ठुलो छ । कोठाको भाँडा, लगानी उठाउने भनेकै यहि समय हो तर व्यापार भने सुन्य जस्तै छ ।’

बढ्दो महङ्गीका कारण पनि व्यापार हुन नसकेको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटारका व्यवसायी हरि थापाले बताए । ‘स्वादेशी उत्पादन केही छैन, सबै आयतित सामानहरु महङ्गेर आएको छ’, उनले भने, ‘कोभिड-१९ का कारण आर्थिक कारोवार चलायमान नभएको र प्रायः मानिसहरुमा खर्च गर्ने क्षमता कम भएकाले चार्डपर्व नजिकिएपनि व्यापार भने सुन्य छ।’

कोभिड-१९ को असर, बैंक तथा वित्तिया संस्थाले ऋणधनमा लागनी नगर्दा र बस्तुहरुको मुल्यबृद्धि भईदिंदा व्यापारमा असर परेको उद्योग वाणिज्य संघ, तनहुँका अध्यक्ष पविन्द्र श्रेष्ठ बताउँछन् । उनले भने, ‘कोरोनाको असार बल्ल देखिएको छ । अहिले मानिसहरुसंग खर्च गर्नलाई त्यति पैसा छैन । त्यहीमाथी हाम्रो आफ्नै उत्पादन नभएकाले गर्दा खाद्यबस्तु देखि लिएर फेन्सि सामान सबै महङ्गेर आएको छ । त्यही कारणले पनि व्यापार राम्रो हुन सकिरहेको छैन ।’

यस्तै, चाडवार्डमा खाद्यदेखि फेन्सि सामानहरुमा व्यापारीले उपभोक्तासंग महङ्गो रकम लिन्छन् कि भनेर बजार क्षेत्रमा त्रि्र रुपमा अनुगमन गरेको व्यास नगर उपप्रमुख इन्दिरा दरैले बताइन् । उनले भनिन्, ‘अघिल्ला वर्षभन्दा अहिले बजार सामान महङ्गो भएर आएका छन् । यहिमा पनि व्यापारीहरुले ठुलो नाफा लिएर उपभोक्तालाई मारमा पार्छन् कि भनेर नगरपालिकाबाट बजार क्षेत्रका प्रत्येक पसलहरुमा अनुगमन गरिरहेका छौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker