नेकपा एमाले तनहुँको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत, उपाध्यक्ष, सचिव, खुल्लासदस्य, अल्पसंख्याक लगायतका पदमा मतदान

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । यसअगाडी उपाध्यक्ष रहेका श्रेष्ठ नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । शनिबार उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले बताए ।

यस्तै, अध्यक्ष बाहेकका पदमा भने आवश्यक संख्या भन्दा बढीको उम्मेदवारी दर्ता भएको संयोजक ढकालले बताएका छन् । उपसचिव पदमा पनि खिम कुमाल र प्रदीपराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

जिल्ला कमिटी तनहुँको उपाध्यक्षको एक पदमा दुइ उम्मेदवार बीच चुनावी प्रतिस्पर्धा भएको छ । मेखबहादुर थापा र हरिराज कडेल बीच चुनावी प्रतिस्पर्धा भएको छ । यस्तै, सचिव पदमा विष्णुभक्त सिग्देल र राजश्वर ढकाल बीच चुनावी प्रतिस्पर्धा भएको छ । पालिकाको भौगोलिक क्षेत्र अन्तरगत भानु, शुक्लागण्डकी, घिरिङको खुल्ला सदस्य, अल्पसंख्यक सदस्य र खुल्ला सदस्यहरुका लागि मतदान भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker