दुलेगौंडाको जीपी श्वासप्रश्वास उपचार केन्द्रमा डायलसिस सेवा सञ्चालन गरिने

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतरास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृगौलाका समस्या भएका विरामीहरुलाई लक्षित गरी डायलसिस सेवा सञ्चालन गरिने भएको छ ।
केन्द्रले आगामी फागुनबाट सेवा सञ्चालन गर्ने गरी तयारी थालेको कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । डायलसिस सेवा सञ्चालन गर्न आवश्यक पर्ने संरचना सहितको सहयोग लायन्स क्लव र शुक्लागण्डकी नगरपालिकाले गर्ने आश्वासन प्राप्त भएको उनले बताए ।
‘डायलसिस सेवा सुरु गर्न ब्यापक माग आयो, हामी यो सेवा सुरु गर्न आन्तरिक तयारी थालिसकेका छौ’, डा. श्रेष्ठले भने, ‘डायलसिस सेवा सञ्चालन गर्न केन्द्रले दुई जना नर्सहरुलाई तालिम प्रदान गरेर तयार पारिसकेको र थप दुई जनालाई मंसिर १ गतेदेखि तालिममा पठाइएको छ ।’
अस्पतालमा आवश्यक पर्ने सेवा सञ्चालन गर्न केही समय अघि निरिक्षणका लागि आउनुभएका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले समेत म    न्त्रालयबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए । उहाँले आफ्नै कार्यकालमा केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मिल्ने गरि प्रकृया पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको डा. श्रेष्ठले जानकारी गराए ।
स्वास्थ्य वीमाबाट समेत उपचार सेवा प्राप्त गर्न सक्ने भएपछि विरामीको चाप बढ्दो क्रममा रहेको यस अस्पतालबाट दैनिक करिव ३०० विरामीले सेवा लिने गरेको प्रशासन शाखा प्रमुख प्रदिप पौडेलले बताए । केन्द्रले श्वास प्रश्वास रोग सम्वन्धी विशेषज्ञ सेवा सहित हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, बाल रोग, नाक, कान, घाँटी, जनरल सर्जरीको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रस्वास सम्बन्धी देशकै एकमात्र विशिष्टिकृत अस्पतालमा हाल ५० वटा मात्रै जनरल वार्ड छन् । जसका कारण श्वासप्रश्वासका बिरामीको उपचार हुन सकेको छैन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker