तनहुँ प्रहरीद्वारा विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो ।

सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट मुद्दामा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा फरार रहेका दुई, दुनियावादी फौजदारी मुद्दामा फरार रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार रहेका एक, विष्फोटक पदार्थ मुद्दामा फरार रहेका एक, चोरी मुद्दामा फरार रहेका एक, अंशवण्डा मुद्दामा फरार रहेका एक, सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका प्रतिवादीबाट दुई महिना तीन दिन कैद र रु ५५ हजार ५०१ जरीवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराधमा सजाय पाएर फरार रहेका प्रतिवादीको पक्राउ अभियान तीव्र पारेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker