चोर ठानेर बाबुआमाले कुट्दा छोराको मृत्यु

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय भरथकुमार भ्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए ।

उनका अनुसार बिहीबार राति ९ बजेतिर भरथकुमार आफ्नो घरमा गएका थिए । त्यतिबेला घरमा उनका ६४ वर्षीय बुबा मीनबहादुर र ६३ वर्षीया देवीमाया भ्लोन थिए ।

मुखमा मास्क लगाएर आएका व्यक्तिले मीनबहादुर र देवीमायाको आँखामा खुर्सानीको धुलो हालेपछि उनीहरूले चोर भन्दै प्रतिकार गरेको डीएसपी अर्यालले बताए । प्रतिकार गर्दा आफ्नै छोरामाथि निर्घात कुटपिट भएको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन पठाइएको थियो । चितवनमै उपचारको क्रममा भरथको मृत्यु भएको डीएसपी अर्यालले बताए ।

भरथ विगत चार वर्षदेखि घर समेत नआएकाले बाबुआमाले नचिनको र त्यसमाथि खुर्सानीको घुलो समेत आँखामा हालिएकाले चोर भन्दै उनीहरूले प्रतिकार गरेको हुन सक्ने अर्यालको भनाइ छ ।

छोराका कुटाइबाट ६४ वर्षीय बाबुको करङ र हातको औंला भाँचिएको उनले बताए । आमाको पनि हात भाँचिएको छ ।

मकवानपुरमा उपचार कठिन भएपछि थप उपचारका लागि उनीहरूलाई काठमाडौं पठाइएको छ । घाइते बाबुआमालाई निगरानीमा राखेर अनुसन्धान गरिएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker