तनहुँको भानुमा सञ्चालन गरिएको हाजिरीजवाफमा जनसहयोगी प्रथम

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा वडा नं. १३ सम्जुरको जनसहयोगी माध्यमिक विद्यालय प्रथम भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भानु-२ को होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय द्धितीय र वडा नं. ७ को पुर्कोट माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई क्रमशः नगद रू. ७०००, रू. ५०००, रू ३००० र रू २००० र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी २० वटा विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker