प्रदेश सरकारबाट विभिन्न योजनाका लागि बजेट विनियोजन

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानको निर्वाचन क्षेत्र तनहुँ १(ख) अन्तर्गत बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा सडक पुल, खानेपानी, मोटरमार्ग, खानेपानी, सिँचाइ लगायतका योजना सञ्चालन हुने उहाँको सचिवालयले जानकारी दिएको छ ।

आँबुखैरेनी-छिम्केश्वरी हिलेखर्क बाहुनभञ्ज्याङ (छिम्केश्वरी पर्यटन मार्ग) का लागि रु ६ करोड २५ हजार, दासढुङ्गा देउपुर मार्ग (देवघाट गाउँपालिका केन्द्र जोड्ने) का लागि रु ६ करोड, सेतीनदी सडक पुल ङ्नाल्दीघाटका लागि रु तीन करोड, सेती नदी सडक पुल मास्दीघाटका लागि रु एक करोड ८७ लाख ५० हजार, बुद्धसिं मार्गका लागि रु एक करोड, बुद्धसिं मार्ग लाङ्दीखोला सडकपुलका लागि रु ५० लाख, शाल्रि्राम करिडोरको बञ्चरेभिर सडक स्तरोन्नतिका लागि रु ५० लाख विनियोजन भएको छ ।

त्यस्तै ढकालटार चक्रपथका लागि रु ४० लाख र खहरेखोला सडक पुलका लागि रु ४० लाख विनियोजन भएको छ । व्यास-१ र १३ जोड्ने छाब्दीखोला मोटरेबल पुलका लागि रु ३० लाख, बेलघारी छाब्दीमार्गका लागि रु ३० लाख, समस्तीपुर यानचोक झोलुङ्गेपुलका रु ३० लाख, हिलेखर्क खौली प्युघर मार्गका लागि रु २५ लाख, जालभञ्ज्याङ सडक स्तरोन्नतिका लागि रु २० लाख, गोहोरो लोही कल्चोक सडकका लागि रु २० लाख तथा पार्लङ झोलुङ्गेपुलका लागि रु १५ लाख विनियोजन भएको छ ।

त्यस्तै तल्लो डुम्रेबाट भानु जोड्ने चुँदीखोला मोटरपुलका लागि रु दश लाख, व्यास-१, १२ र १३ जोड्ने भड्खाला छाब्दीखोला मोटरपुलका लागि रु दश लाख, निर्मलनगर टोलभित्रको बाटो पक्की नाला निर्माणका लागि रु दश लाख, कालीमाटी गोहीटार भुवनटार मार्गका लागि रु दश लाख, पृथ्वीराजमार्ग मुसेखोला हुँदै भदु्रडाँडा चारकुने ठूलोगाउँ, निर्मलनगर हुँदै छाब्दी दोभान जोड्ने मार्गका लागि रु दश लाख विनियोजन भएको छ । आबुखैरेनी-१ हुँदै बन्दीपुर-५ झारगाउँ मोटरमार्गका लागि रु सात लाख, लाब्दी घुमाउने मोटरमार्गका लागि रु सात लाख, बेनीकोट सुन्तलामार्गका लागि रु पाँच लाख र खुदिखोले कटसेरह पक्की पुलका लागि रु ३० लाख विनियोजन भएको छ ।

खानेपानीतर्फ विमलनगर चिसोडिहीका लागि रु ५५ लाख, कुवादीखोलाका लागि रु ५० लाख, छाब्दी दोभान बोरिङ लिफ्ट भञ्ज्याङका लागि रु ४५ लाख, आँधीमूल सत्रसयफाँटका लागि रु ४० लाख, कालीखोला बरादी खानेपानीका लागि रु ४० लाख, भुडाटारका लागि रु ३५ लाख, देवघाट-४ कोटा १, ३, ५ र ६ का लागि ३५ लाख, मिलनचोक जरेबरका लागि रु ३० लाख, डुडेबासपानी, बसेनी, काफलस्वारा खानेपानी आयोजनाका लागि रु ३० लाख, चिलाउनेपानी खानेपानी आयोजनाका लागि रु २५ लाख, रामकोट लिफ्ट खानेपानीका लागि रु २५ लाख विनियोजन भएको छ ।

त्यसैगरी कोटबैदी खानेपानी आयोजनाका लागि रु २० लाख, कोटधाम सोलार लिफ्टका लागि रु२० लाख, हुस्लाकोट खानेपानीका लागि रु २० लाख, केउरानी मजुवाडाँडा (लिफ्टिङ) का लागि रु१५ लाख, लुङ्गेली खानेपानीका लागि रु १५ लाख, आधीमूल खानेपानीका लागि रु १२ लाख विनियोजन भएको छ । त्यस्तै लाब्दीखोलाका लागि रु दश लाख, नयाँपुल डिपबोरिङ खानेपानीका लागि रु दश लाख, थुम्कीडाँडाका लागि रु दश लाख, पोखरीभञ्ज्याङ चापखोला कमेरे खानेपानीका लागि रु आठ लाख, कुवादीखोला बृहत् खानेपानीका लागि रु आठ लाख परेको छ ।

बद्रीनारायण मन्दिर खानेपानी योजनाका लागि रु पाँच लाख, दूधेपानी आसिस गैरा लिफ्ट योजनाका लागि रु पाँच लाख, मार्कीचोक खानेपानीका लागि रु पाँच लाख, हिलेखर्क खानेपानीका लागि रु पाँच लाख, फुस्रेपानी लिफ्टका लागि रु पाँच लाख, सारघाट खानेपानीका लागि रु पाँच लाख, देउरानी पहरेपानीका लागि रु चार लाख, बेलौतीगैरा खानेपानीका लागि रु चार लाख, पार्चे खानेपानीका लागि रु दुइ लाख, सिमलटार खानेपानीका लागि रु दुइ लाख विनियोजन भएको छ।

सिँचाइतर्फ बेसारघारी सिँचाइ आयोजनाका लागि रु ८० लाख, कोलपाटा लिफ्ट सिँचाइ योजनाका लागि रु ३० लाख, झप्रीफाँट सिँचाइका लागि रु २५ लाख, आँपटार सिँचाइका लागि रु २५ लाख, कालिकाटार सिँचाइका लागि रु २० लाख, छाब्दीफाँट एकीकृत सिँचाइ योजनाका लागि रु २० लाख, पचपन्ने सिँचाइ योजनाका लागि रु १५ लाख र आँधीमूल सत्रसयफाँट सिँचाइ योजनाका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।

भवन, मन्दिरतर्फ मनकामना आमा समूहको भवनका लागि रु १५ लाख, शुभ लाङ्घाली आमा समूहको निर्माणाधीन भवनका लागि रु दश लाख, सिर्जना दलित वर्ग महिला उत्थान समूहको भवनका लागि रु १२ लाख, ज्येष्ठ नागरिक आश्रमको स्तरोन्नतिका लागि रु दश लाख परेको छ । सिर्जनशील टोल भवन निर्माणका लागि रु सात लाख, खड्गदेवी आमा समूह भवन मर्मतका लागि रु पाँच लाख, रानीथान मन्दिर गुरुयोजना निर्माणका लागि रु पाँच लाख, विश्वकर्मा सामुदायिक भवनका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।

ससर्त, विशेष र समपूरकतर्फ साउने फुस्रेपनी कर्ताप मोटरमार्गका लागि रु एक करोड, भुमर्से बोरिङ खानेपानीका लागि रु ५० लाख, बाङ्गेसिमल खानेपानी योजनाका लागि रु ५० लाख, लिफि्टङ प्रणाली सिँचाइका लागि रु ५० लाख र लिफि्टङ प्रणाली सिँचाइ योजनाका लागि रु ५० लाख विनियोजन भएको छ ।

यसैगरी पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य आशा कोइरालाको निर्वाचन क्षेत्र तनहुँ २(क) मा ७१ योजनाका लागि बजेट विनियोजन गरिएको छ । मोटरेबल पुल, झोलुङ्गे पुल, कजवेका दश, सडकका १२, खानेपानीका ३१ र भवन, पार्क र खेलमैदानका ११ योजनाका लागि बजेट विनियोजन भएको छ । सडक निर्माण तथा स्तरोन्नतिका लागि रु आठ करोड २१ लाखका योजना परेको छ । उक्त बजेटबाट १२ सडकको काम हुनेछ । दुलेगौडा हर्कपुर मोटर मार्गको स्तरोन्नतिका लागि मात्रै रु चार करोड ५० लाख विनियोजन भएको छ ।

सिचाइँका लागि रु सात करोड १३ लाख, खानेपानीका लागि रु चार करोड पाँच लाख ६० हजार, भवन, खेलमैदान र पार्कका लागि रु एक करोड दुइ लाख विनियोजन भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत सम्झौता भएर निर्माण भइरहेको १५६ घरका लागि पनि रु एक करोड ५७ लाख विनियोजन भएको छ । शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा निर्माणाधीन कृषि उपज संकलन केन्द्रका लागि रु ५० लाख, शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीमा निर्माणाधीन कोल्ड स्टोरका लागि रु ५० लाख र शुक्लागण्डकी स्याटेलाइट सिटी निर्माणका लागि रु ५० लाख विनियोजन भएको कोइरालाले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker