तनहुँको बन्दिपुर र तनहुँसुरमा ‘रि-थिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस मनाइयो
भञ्ज्याङ न्यूज

तनहुँको पर्यटकीय नगरी बन्दिपुर र ऐतिहासिक स्थल तनहुँसुरमा ४३औं विश्व पर्यटन दिवस मनाइएको छ । ‘रि-थिङकिङ टुरिज्म’ भन्ने नाराका साथ पर्यटन प्रवर्द्धनका विषयमा छलफल तथा स्थानीय मौलिक संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम गरी दिवस मनाइएको हो ।
बन्दिपुर गाउँपालिका र बन्दिपुर पर्यटन विकास समितिले बन्दिपुर बजारमा पर्यटनको महत्व, प्रवर्द्धन र दिवसका विषयमा चर्चा गरिएको थियो । यता तनहुँसुरमा व्यास नगरपालिकाल तनहुँसूर सामुदायिक होमस्ट व्यवस्थापन समितिले विश्व पर्यटन दिवस तथा ग्रामीण पर्यटन विकास लगायतका विषयमा चार्चा गरेका थिए ।
व्यास नगरपालिका-११ तनहुँसुर ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक, प्राकृतिक, जैविक दृष्टिकोणले महत्वपूर्ण स्थल भएकाले त्यहाँका सम्पदाको संरक्षण, विकास तथा प्रवर्द्धनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन तनहुँसुरमा पर्यटन दिवस मनाइएको पर्यटनविद हरिसिं गुरुङले सहभागिलाई जानकारी गराएका थिए ।

तनहुँसुर क्षेत्रमा बिकास गरिएको इको ट्रेक, होमस्टे, कृषि तथा फलफूल खेती लगायत ग्रामीण पर्या पर्यटनका ११ वटा गन्तव्यहरुको प्रचारप्रसार गर्न समेत यो कार्यक्रमले सहयोग पुर्याउने गुरुङले विश्वास व्यक्त गरे ।
तनहुँसुर क्षेत्रलाई युनेस्कोको विश्व सम्पदा सुचीमा सुचिकृत गराउने अभियान सुरु भएको र त्यस कार्यलाई निरन्तर रुपमा अघि बढाउन विभिन्न कार्यक्रम भइरहेको समेत सम्पदा नेपालका अध्यक्ष समेत रहेका गुरुङले बताए ।
तनहुँसुर क्षेत्र ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले त्यस क्षेत्रको बिकास र पुरातात्विक सम्पदाको संरक्षणका लागि पर्यटन सम्बन्धी नीति, योजना निर्माण गरी र कार्यान्वयनमा तीनै तहका सरकार जुटनुपर्ने खाँचो औल्याइएको छ ।
कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले तनहुँसुर क्षेत्रको बिकासका लागि एकीकृत गुरुयोजना तयार भइसकेकाले योजनावद्ध रुपमा बिकासका कार्यहरुले गति लिने बताए ।
ऐतिहासिक महत्व र पर्यटकीय दृष्टिकोणले अति उर्वर ठाउँ भएर पनि ओझेलमा परेको स्वीकार्दै पोख्रेलले प्राकृतिक एवं जैविक विविधता, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक धरोहरहरूलाई संरक्षण गर्न पाँच वर्षो गुरुयोजना तयार भइसकेको जानकारी गराए ।

एकीकृत बिकासका लागि १ अर्ब ६३ करोडको बजेट अनुमान गरिएको छ । तनहुँसुरको बिकास गर्दै गर्दा पुरातात्विक धरोहरहरूको मौलिकता नब्रि्रने गरी संरक्षण र सम्बर्द्धनका कार्य अगाडि बढाउनुपर्नेमा पोख्रेलले जोड दिदै सय वर्ष पुराना सम्पदा मासिनु हुन्न तिनलाई बचाएर राख्नुपर्ने बताए ।
सोही अवसरमा पोख्रेलले उक्त गुरुयोजना स्थानीय सरकार मार्फ प्रदेश सरकारलाई हस्तान्तरण गर्न भन्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले तनहुँसुर क्षेत्रको बिकासका लागि स्थानीय जागरुक हुनुपर्ने बताए । ऐसिहासिक महत्व बोकेर पनि स्थानीयले त्यसको महत्व बोध गर्न नसक्दा खण्डहरको अवस्थामा पुगेको बताउँदै उनले तनहुँसरलाई पुन बिउताउन नगरपालिकाले थालेको अभियानलाई साथ दिन स्थानीयलाई आग्रह गरे ।
स्थानीय सरकार र संघ सरकारको समपुरक योजनाबाट केही काम भए पनि संघीय सरकारले छुट्याएको बजेट पुरा नआउदा बिकासका केही कामहरु अधुरा रहेको प्रमुख न्यौपानेले बताए । उनले भानु शान्ति निकुञ्ज गुरुयोजना तयार भइसकेकाले सोही बिकासले गति लिने विश्वास व्यक्त गरे ।

त्यस्तै भानु नगरपालिकाकी उममेयर उमा गोतामेले तनहुँसुर क्षेत्रको बिकासलाई व्यास र भानु दुबै पालिकाले अगाडि बढाउनुपर्नेमा जोड दिंदै व्यास र भानुको सम्बन्ध बलियो छ, हामी सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बिकासका नाममा विनियोजीत बजेट र त्यसबाट भएको कार्य उपलब्धी स्पष्ट हुनुपर्ने बताए । उनले भने ‘कुन क्षेत्रमा कति बजेट छुट्याइएको हो र त्यसबाट के के काम भयो भन्ने बारे र्सार्वजनिक सुनुवाइ लगायत गरी सबैले थाहा पाउने वातावरण बनाउनुपर्छ । पर्यटनमा लगानी गरे अनुसार स्थानीयको जीवनस्तरमा परिवर्तन आउनुपर्छ ।’
तनहुँसुर सामुदायिक होमस्टेका अध्यक्ष केबि थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेल, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी, नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्की, नेकपा माओवादी तनहुँका सदस्य बसन्त दरै, कांग्रेस नेता समुन्द्र गोदार लगायतले तनहुँसुर क्षेत्रको अपेक्षित बिकास नभएको बताए ।

कार्यक्रममा मूर्तिकार पृथ्वीनारायण श्रेष्ठ, व्यवसायी वृषराज श्रेष्ठ, देवस्थल सामुदायिक होमस्टेका अध्यक्ष मदन आले, शिव खवास लगायले तनहुँसुरको ऐतिहासिक एवं पुरातात्विक महत्व बारे बेलैमा जानकार हुन नसक्दा अहिलेको अवस्था आएको बताए ।
गाउँमा बिस्तारै पर्यटकीय चहलपहल सुरु भएसँगै गाउँ फर्किने र आ-आफ्नो घर पुन निर्माण गर्ने क्रम समेत बढेको स्थानीयको भनाइ छ । उक्त क्षेत्रको बिकासका नाममा धेरै संस्था स्थापना भएकाले सबै संस्थाहरुले एक आपसमा समन्वय गरी एकीकृत रुपमा काम गनुपर्ने स्थानीयले माग गरेका छन् ।










