तनहुँ प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना

भञ्ज्याङ समाचारदाता (दमौली)

नेपालीका ठूला चाडपर्व नजिकिदै गएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरेको छ । कोभिड-१९ संक्रमण जोखिमलाई समेत ख्याल गर्दै तनहुँ प्रहरीले चार्डपर्वलाई सुरक्षित र मर्यादित बनाउने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

चाडपर्व सुरक्षा योजनाका विषयमा जानकारी गराउने उद्देश्यले तनहुँ प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पौडेलले नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर विशेष सुरक्षा योजना निर्माण गरिएको बताए ।

‘जनतालाई निर्वाध रुपमा चाडपर्व मनाउन सुरक्षित वातावरण सिर्जना गर्ने उद्देशयका साथ चाडपर्व विशेष सुरक्षा योजना निर्माण गरेका छौ’, उनले भने, ‘चाडप्वका समयमा हुने आपराधिक घटना न्यूनिकरण गर्दै सुरक्षित र मर्यादित चाडपर्व मनाउन प्रहरी, नागरिक हातेमालो गरी अगाडि बढ्न आवश्यक छ ।’

चाडपर्व लक्षित सुरक्षा योजना बारे जानकारी गराउँदै प्रहरी प्रमुख पौडेल । तस्विर : भञ्ज्याङ

यस्तै, तनहुँ प्रहरीले चाडपर्व लक्षित गरी पृथ्वीराजमार्गका पाँच स्थानमा यात्रु सहायता कक्षा स्थापना गर्ने भएको छ । मुग्लिङदेखि कोत्रेसम्मका पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुको सुरक्षा तथा गुनासो समाधानमा सहजिकरण गर्ने प्रहरी उपरीक्षक पौडेलले बताए ।

गण्डकी प्रदेशको प्रवेशद्वार पृथ्वीराजमार्गको आँवुखैरेनी गाउँपालिका स्थित पुलजीप, बन्दीपुरको डुम्रे, व्यासको दमौली, म्याग्देको थर्पु र शुक्लागण्डकीको वेलचौतरामा यात्रु सहायता कक्षा स्थापना गरी शहर र ग्रामीण क्षेत्र लक्षित सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजना तनहुँ प्रहरीले बनाएको छ ।

चाडपर्वलाई सुरक्षित र खुसीसाथ मनाउने वातावरण बनाउन प्रहरीले योजना बनाएर अघि बढेको र अहिलेको समय कोभिड-१९ संक्रमणको जोखिम कायमै भएकाले स्वास्थ्य र सुरक्षा सावधानीका विषयमा सचेतना मुलक कार्यक्रम गर्दै नागरिकहरुलाई सुरक्षित अनुभूति गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

यस्तै, चाडपर्वका समयमा बढी सवारी साधान सञ्चालन हुने भएकाले यात्रुहरुलाई सुरक्षित रुपमा यात्रा गर्ने व्यवस्था मिलाउन चेकजाँच गर्ने, भाइरस संक्रमणबाट सुरक्षित रहने विषयमा सचेतना मुलक कार्यक्रम, ट्राफिक नियमको पालना, स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा लापरवाही गर्नेलाई सचेत तथा कारवाहीको दायारामा लाउने लगायतका कार्यक्रम सञ्चालन गरिन तिमिल्सिनाले बताए ।

चाडपर्वका क्रममा हुन सक्ने घटना न्यूनिकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने र राति १० बजेपछि मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई पक्राउ गरिने तथा होटल तथा रेष्टुरेन्ट सञ्चालनको समय निर्धारण गर्ने लगायतका योजना बनाएको तनहुँ प्रहरीले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीलाई सूचना दिएर सहयोग गरिदन सम्बन्धित सबैसंग आग्रह पनि गरिएको छ ।

तनहुँ प्रहरीको सुरक्षा योजनामा चाडपर्वको समयमा सर्वसाधारणहरु भेला हुन सकने र्सार्वजनिक स्थालको सुरक्षा स्थिति सामान्य बनाउने, अवाञ्चित क्रियाकलाप तथा घटनाहरु न्यूनिकरण गर्ने, रातको समयमा चोरी र होहल्ला बढी हुने हुँदा समुदायको सहयोग र समन्वयमा नियन्त्रण गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने, जुवातासलाई नियन्त्रण गर्ने, पटका लगायतका विष्फोटक वस्तु पड्काउन प्रतिवन्द गर्ने लगायतका योजना तनहुँ प्रहरीले बनाएको छ ।

चाडपर्वको क्रममा हुन सक्ने चुनौतिको रुपमा विश्लेषण गर्दै ल्याइएको विशेष सुरक्षा योजनाले समाजमा शान्ति सुरक्षा कायम गर्न सहज हुने तनहुँ प्रहरीले विश्वास लिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker