बन्दिपुर जीप दुर्घटना : नौ महिने बालिका सहित ६ जनाको मृत्यु, ८ जना घाइते

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर-६ सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको जीप दुर्घटना हुँदा नौ महिने बालिका सहित ६ जनाको मृत्यु भएको छ । ग१ज ६५५५ नम्बरको बोलेरो जीप अनियंत्रित भइ सडकबाट करिव दुई सय मिटर तल खस्दा एउटै गाउँका बालिका सहित चार जनाको घट्नास्थलमै मृत्यु भएको बन्दिपुर प्रहरी चौकीले जनाएको छ ।

बन्दिपुर-६ बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर-६ धरमपानी बस्ने  ९ महिने बालिका आरुबी थापा सहित सोही ठाउका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया शुसिलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यस्तै, दुर्घटनामा परि घाइते भएका ४८ वर्षीय सन्त बहादुर गुरुङ र ५० वर्षीया बि माया गुरुङको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।
जीपमा १७ जना सवार रहेको बताइएको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको र एक जनाको अवस्था गम्भीर रहेको अध्यक्ष थापाले बताए ।

प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय उद्धारमा खाटिएका थिए । दुरघटना के कसरी भएको हो भन्ने विषयमा अनुसन्धान गर्ने र चालकको खोजी भैरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker