पत्रकार नागरिक समाजको अंग हो : तनहुँका प्रजिअ रिजाल

भञ्ज्याङ न्यूज

तनहुँको प्रमुख जिल्ला अधिकारी छविलाल रिजलालले पत्रकार जगत नागरिक समाजको अंग भएको बताएका छन् । सरुवा भई तनहुँ आइपुगेका प्रजिअ रिजालले बुधबार जिल्लाका पत्रकारसंग भेटभाट गर्दै उक्त कुरा बताएका हुन् ।

गत सोमबार कार्यभार सम्हालेका प्रजिअ रिजालले पत्रकारहरुसंगको भेटाघाटमा पत्रकारले दलीय आबद्धता भन्दा टाढा रहेर काम गर्न सुझाएका छन् । उनले भने, ‘नागरिक समाजको अंग पत्रकार जगत हो, जनजीविकाका सवाल र सुशासनका लागि पत्रकारले आवाज उठाउनुपर्छ ।’

बिगत भन्दा अहिले भूमिका फेरिएको बताउँदै विगतमा जस्तै पत्रकारको सहयोगको अपेक्षा गर्दै भने, ‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था रहेकाले लोकतन्त्र सुदृढीकरणका लागि पत्रकारले कलम चलाउनुपर्दछ ।’

बिगतमा स्थानीय विकास अधिकारीको रुपमा जिल्लामा काम गरिसकेको बताउँदै प्रजिअ रिजालले तनहुँ आफ्नो दोस्रो घर जस्तो लाग्ने बताए । मेरा जन्मघर पर्वत भएपनि तनहुँमा लामो समय काम गरिसकेको र यहाँको भौगोलिक अवस्था, संघ संस्था तथा व्यक्तिहरु बीच राम्रै चिनजान भएकाले आफुलाई तनहुँ दोस्रो घरजस्तै लाग्ने गरेको बताए ।

उनले तनहुँको सबै भूगोल चिनेको र राजनीतिक संस्कार पनि बुझेको हुँदा जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन कायमका लागि आफू प्रतिबद्ध रहेको बताए ।

ठूलो जिल्ला र केन्द्रीय स्तरका नेता भएका जिल्ला झापामा बसेर आएको हुनाले यहाँ काम पुग्दैन की भन्ने लागेको बताउँदै रिजालले भने, ‘पूर्व प्रधानमन्त्री लगायत विभिन्न पार्टीका केन्द्रीय स्तरका नेता भएको जिल्लामा बसेर आएका हुनाले त्यहाँको अनुभवले यहाँ काम गर्न सहज हुन्छ ।’

यस्तै, राजमार्ग विस्तार, तनहुँ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दामा पारेको असर तथा मापदण्ड विपरित नदीजन्य वस्तु उत्खनन् हुने कार्यलाई व्यवस्थित बनाउन लागि पर्ने प्रजिअ रिजालले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker