तनहुँको आँबुखैरेनीमा छुट्टै न्यायिक इजलास कक्ष सञ्चालन

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

न्यायिक समितिको कार्य सम्पादनमा सहयोग पुर्‍याउन तनहुँको आँबुखैरेनी गाउँपालिकाले न्यायिक इजलास कक्ष सञ्चालनमा ल्याएको छ। न्यायिक समितिमा छुट्टै इजलास कक्ष स्थापना गर्नुपर्ने कानूनी प्रावधान अनुरुप प्रभावकारी न्याय निरुपणका लागि इजलास कक्ष स्थापना गरिएको हो । गाउँपालिकाको पुरानो भवनमा सञ्चालनमा ल्याइएको इजलास कक्षको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शुक्रबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।

इजलास कक्ष नहुँदा यस अगाडी उपाध्यक्षकै कार्यकक्षमा इजलास कक्ष सञ्चालनमा ल्याइएको थियो । गाउँपालिकाको नयाँ भवन बनेपछि पुरानो भवनमा न्यायिक इजलास कक्षा सञ्चालनमा ल्याइएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताइन । उनले भनिन्, ‘इजलास कक्ष छुट्टै बनाएसंगै आगामि दिनमा न्याय निरुपणमा सहजता आउने छ ।’

न्यायिक समितिले प्रत्येक हप्ताको शुक्रबार न्यायिक समितिको बैठक सञ्चालन गर्ने गरेको छ । उक्त बैठकमा न्यायिक समितिमा परेका विवादको निरुपण गर्ने गरिएको छ । गाउँपालिकाको न्यायिक समितिमा जग्गा विवाद, झैझगडा, श्रीमान् श्रीमतीबीचको हिंसाका घटना सम्बन्धी मुद्दा दर्ता हुने गरेको बताइएको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा न्यायिक समितिमा आठ वटा मुद्दा दर्ता भएकामा पाँच वटा मुद्दा फैसला भइसकेको छ । तीन वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै, दर्ता भएका मुद्दामा दुबै पक्षलाई राखेर छलफल गरेर विवाद समाधान गर्ने गरेको संयोजक श्रेष्ठले बताइन् । उनले भनिन्, ‘न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने मुद्दाको छिनोफानो न्यायिक समितिबाटै गर्ने गरेको र क्षेत्राधिकार भन्दा बाहिरका मुद्दा अदालत पठाउने गरिएको छ।’ स्थानीय शासन ऐन २०७४ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । उक्त समितिमा चार जना सदस्य र एक जना परामर्शदाता रहेका छन् ।

त्यस्तै, वडास्तरमा हुने विवादका घटना मिलापत्रका लागि गाउँपालिकाले ६ वटै वटामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । प्रत्येक मेलमिलाप केन्द्रमा ६/६ जना मेलमिलापकर्ता सूचीकृत गरिएको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडाबाटै मिलापत्र गराउन प्रयास गर्ने र त्यहाँ मिलापत्र हुन नसकेका मुद्दा मात्रै गाउँपालिकाको न्यायिक समितिसम्म आउने गरेको छ । गाउँपालिकाले गत वर्षदेखि वडास्तरमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएको छ । वडास्तरीय मेलमिलाप केन्द्रबाट स्थानीय जनतालाई सम्मिलित गर्राई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker