शुक्लागण्डकी नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानको सूचीकरण गर्ने भएको छ । नगरका उपप्रमुख खुम बहादुर बिक राजुको संयोजकत्वमा किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पहिलो चरणमा नगरपालिकाले वडा नं. १०, ११ र १२ का किसानलाई सूचिकरण गर्ने र अन्य वडाहरुमा आगामी आर्थीक बर्षा यो कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनेको उपाप्रमुख बिकले जानकारी दिए ।
किसान सूचीकरण कार्यक्रम अन्तर्गत बास्तविक किसानहरुको सूचीकरण गरी अनुदान लगायतका सुबिधाहरु बास्तविक किसानलाई दिइने योजना रहेको छ । कृषि पेसालाई सम्मानजनक पेसाको रुपमा स्थापित गर्दै युवाहरुलाई आधुनिक तथा ब्यबसायिक कृषिमा जोड्ने लक्ष्य रहेको उपप्रमुख विकले बताए ।
शुक्लागण्डकी नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर नगरपालिका बनाउँन यो कार्यक्रमले प्रमुख भूमिका खेल्ने बिश्वास गरिएको छ ।










