आदिकवि भानुभक्त क्याम्पसमा “अधिकार र अवसरका लागि विद्यार्थी सञ्जाल” गठन

दमौली : आदिकवि भानुभक्त क्याम्पसमा ‘अधिकार र अवसरका लागि विद्यार्थी सञ्जाल गठन गरिएको छ। मंगलबार बिहान क्याम्पसद्वारा आयोजित, क्याम्पसमा अध्ययनरत दलित विद्यार्थीहरूको सहभागितामा सम्पन्न एक भेलाले उक्त सञ्जाल गठन गरेको हो ।

दलित समुदायका आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछाडि पारिएका विद्यार्थीहरूलाई उच्च शिक्षा र रोजगारीका क्षेत्रमा अधिकार र अवसर सुनिश्चित गर्न वकालत गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।

उनका अनुसार सञ्जालको मुख्य उद्देश्य क्याम्पस र दलित समुदायबीच सहकार्य बढाउने, विद्यार्थी तथा समुदायमा सचेतना र जागरण ल्याउने तथा दलित विद्यार्थीका शैक्षिक र व्यावसायिक अवसर विस्तारका लागि पहल गर्नु रहेको छ । उक्त सञ्जाल विद्यार्थी क्लबको रूपमा क्याम्पसमा औपचारिक रूपमा दर्ता रहनेछ ।

सञ्जालको संयोजकमा पालुङटार नगरपालिका–४, गोरखा स्थायी ठेगाना भई हाल विविएस दोस्रो वर्षमा अध्ययनरत चन्दा नेपाली चयन भएकी छन्। त्यसैगरी सचिवमा म्याग्दी–१ स्थायी निवासी, बिएड तेस्रो वर्ष (अंग्रेजी) विषय समूहमा अध्ययनरत शीतल विक चयन भएकी छन् ।

सञ्जालका सदस्यहरूमा व्यास–१ का बीएड प्रथम वर्ष (अंग्रेजी) का सागर चदारो, भानु–५ का बिएड प्रथम वर्ष (गणित)का आशिक विक, ऋषिङ–७ का बिएड प्रथम वर्ष (विज्ञान)का विवस विक, भानु–३ की बिएड प्रथम वर्ष (नेपाली)की शकुन्तला नेपाली, व्यास–१३ की विविएस तेस्रो वर्ष की अनिषा परियार, ऋषिङ–७ का बिएड दोस्रो वर्ष (गणित) का सुनिल परियार, व्यास–१० की विविएस दोस्रो वर्ष की स्वस्तिका विक, व्यास–७ की विविएस प्रथम वर्ष की पूर्णिमा परियार, व्यास–१० की विविएस तेस्रो वर्ष की एलिसा परियार र व्यास–१० कै विविएस प्रथम वर्ष की सुविता नेपाली रहेका छन्।

उक्त विद्यार्थी भेलामा क्याम्पस प्रमुखसहित सहायक क्याम्पस प्रमुखहरू डा. रामकुमार अधिकारी, विश्वेश्वर तिमल्सेना, बिमल गिरी तथा प्रशासन शाखा प्रमुख बसन्ती थापा आले मगरको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker