गण्डकीमा खारेज भएका र गाभिएका सरकारी अड्डा (सूचीसहित)

पोखरा । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ सरकारी निकाय खारेज गरेको छ । यसैगरी विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ । यससँगै १८५ कर्मचारी दरबन्दी कटौती भएको छ ।

प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यसबाट तत्काल ५० करोड आर्थिक भार कम हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ ।

यी हुन् खारेज भएका निर्देशनालय र केन्द्र

खारेज भएका सात निर्देशनालय र दुई निकायहरु-

१. पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

२. कृषि विकास निर्देशनालय

३. पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

४. पूर्वाधार विकास निर्देशनालय

५. वन निर्देशनालय

६. शिक्षा विकास निर्देशनालय

७. प्रादेशिक स्वास्थ्य निर्देशनालय

८. प्रादेशिक स्वास्थ्य तालिम केन्द्र

९. प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

यसैगरी विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

यी हुन् गाभिएका निकायहरु –

क्र.सं. गाभिने निकाय गाभिएपछि बन्ने निकाय र कार्यक्षेत्र
१. १. पर्यटन तथा उद्योग कार्यालय, म्याग्दी र 

२. पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ

१. पर्यटन तथा उद्योग कार्यालय, म्याग्दी (म्याग्दी र मुस्ताङ कार्यक्षेत्र) ।
२. ३. पर्यटन तथा उद्योग कार्यालय, बागलुङ र 

४. पर्यटन तथा उद्योग कार्यालय, पर्वत

पर्यटन तथा उद्योग कार्यालय, बागलुङ (बागलुङ र पर्वत कार्यक्षेत्र) ।
३. ५. पर्यटन तथा उद्योग कार्यालय, स्याङ्जा र 

६. पर्यटन तथा उद्योग कार्यालय, कास्की

पर्यटन तथा उद्योग कार्यालय, कास्की (स्याङ्जा र कास्की कार्यक्षेत्र) ।
४. ७. पर्यटन तथा उद्योग कार्यालय, तनहुँ र 

८. पर्यटन तथा उद्योग कार्यालय, गोरखा

पर्यटन तथा उद्योग कार्यालय तनहुँ (तनहुँ र गोरखा कार्यक्षेत्र) ।
५. ९. पर्यटन तथा उद्योग कार्यालय, मनाङ र 

१०. पर्यटन तथा उद्योग कार्यालय, लमजुङ

 

पर्यटन तथा उद्योग कार्यालय, लमजुङ (लमजुङ र मनाङ कार्यक्षेत्र) ।
६. ११. बाली संरक्षण प्रयोगशाला, 

१२. माटो तथा मल परीक्षण प्रयोगशाला र

१३. प्रदेश बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र

एकापसमा गाभी एकीकृत प्रयोगशालाको रुपमा परिणत गर्ने ।
७. १४. कृषि ज्ञान केन्द्र, मनाङ र 

१५. भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मनाङ

एकापसमा गाभी एकीकृत कार्यालयको रुपमा परिणत गर्ने ।
८. १६. कृषि ज्ञान केन्द्र, मुस्ताङ र 

१७. भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङ

एकापसमा गाभी एकीकृत कार्यालयको रुपमा परिणत गर्ने ।
९. १८. बागवानी विकास स्रोत केन्द्र, पोखरा कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र पोखरामा गाभ्ने ।
१०. १९. सामाजिक विकास कार्यालय, म्याग्दी र 

२०. सामाजिक विकास कार्यालय, मुस्ताङ

सामाजिक विकास कार्यालय, म्याग्दी  (मुस्ताङ र म्याग्दी कार्यक्षेत्रं) ।
११. २१. सामाजिक विकास कार्यालय, बागलुङ र 

२२. सामाजिक विकास कार्यालय, पर्वत

सामाजिक विकास कार्यालय, बागलुङ (बागलुङ र पर्वत कार्यक्षेत्र) ।
१२. २३. सामाजिक विकास कार्यालय, स्याङ्जा र 

२४. सामाजिक विकास कार्यालय, कास्की

सामाजिक विकास कार्यालय, कास्की (स्याङ्जा र कास्की कार्यक्षेत्र) ।
१३. २५. सामाजिक विकास कार्यालय, तनहुँ र 

२६. सामाजिक विकास कार्यालय, गोरखा

 

सामाजिक विकास कार्यालय, तनहुँ (तनहुँ र गोरखा कार्यक्षेत्र) ।
१४. २७ सामाजिक विकास कार्यालय, मनाङ र 

२८. सामाजिक विकास कार्यालय, लमजुङ

सामाजिक विकास कार्यालय, लमजुङ (मनाङ र लमजुङ कार्यक्षेत्र) ।
१५. २९. व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, पर्वत र 

३०. व्ययवसायिक तथा सिप विकास तालिम केन्द्र, कास्की

गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक प्रतिष्ठान पोखरामा गाभ्ने ।
१६. ३१. प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र, पोखरा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गाभी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा क्षयरोग नियन्त्रण केन्द्र पोखरामा परिणत गर्ने ।
१७. भूमिगत जलस्रोत तथा सिंचाइ कार्यालय, नवलपरासी पूर्व जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय नवलपरासी पूर्वमा गाभ्ने ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker