तनहुँ प्रहरीद्वारा गाजा र लागुऔषध सहित पक्राउ
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट गाजा र लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गाजा सहित एक र लागुऔषध सहित दुइ जनालाई मंगलबार पक्राउ गरेको हो । गाजा सहित पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका-४ बस्ने १८ वर्षीय प्रदीप मानन्धर रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
रामपुरबाट पोखरा जाँदै गरेको ग १ ख ७७२१ नम्बरको बस चेकजाँच गर्दा प्रहरीले मानन्धरलाई ९७० ग्राम गाजा सहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलचौताराले शुक्लागण्डकी नगरपालिका-५ बेलचौताराबाट निजलाई पक्राउ गरेको हो ।
यसैगरी आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन अली र बेनी नगरपालिका-५ बस्ने २२ वर्षीय शिशिर बोहरा सार्की रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट पुलजीपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरु लागुऔषध सहित पक्राउ परेका हुन् । प्रहरीले निजहरुको साथाबट २५ एम्पुल नुफिन, २५ एम्पुल डाइजेपाम र २५ एम्पुल फेनरागन बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध आजै तनहुँ अदालतबाट लागुऔषध मुद्दामा दश दिनको म्याद थप गरिएको छ ।










