बन्दिपुरमा प्रथम अध्यक्ष कप प्रतियोगिता हुने

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकामा पालिकास्तरीय प्रथम अध्यक्ष कप २०७९ फुटवल तथा भलिवल प्रतियोगिता गरिने भएको छ । यहि फागुन १२ गतेबाट वडा नम्बर ४ भुमर्से स्थित पालिकास्तरीय खेलमैदानमा अध्यक्ष कप संचालन गर्न लागिएको हो । खेलमार्फत अनुशासन र गतिशिलता दिनको लागि प्रथम अध्यक्ष कप आयोजना गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

प्रतियोगितमा दुबै खेल तर्फ प्रथम हुनेलाई ३० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र, द्वितीयलाई २० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र र तृतीयलाई १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र र सान्तवना पुरस्कार ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुनका लागि पालिकाले सबै वडामा पत्राचार गरिसकेको छ । सम्बन्धित वडाले फागुन १० गते भित्र समूह प्रमाणित गरी गाउँपालिकाको शिक्षा शाखामा बुझाउनु पर्नेछ । हरेक वडाबाट दुबै खेलमा ३/३ वटा टिम सहभागी हुन पाउने व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker