शुक्लागण्डकीको १०औं नगरसभाबाट जलस्रोत ऐन र तीन कार्यविधी पारित

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाको १०औं नगरसभाले जलस्रोत ऐन र तीन कार्यविधी पारित गरेको छ । नगरसभाले जलस्रोतको समुचित उपयोग र संरक्षण गर्नलाई नगरपालिकाले जलस्रोत ऐन २०७८ ल्याएको हो ।

संघीय सरकारबाट स्वीकृत जलस्रोत ऐन २०४९ को दफा क अनुसार नगरको विधायन समितिले बनाएको ऐन बिहीबारको कार्यपालिका बैठकले स्वीकृत गरेको छ । शुक्रबार भएको १०औं नगरसभाबाट जलस्रोत ऐन पारित भएको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी गराए ।

समुदायमा स्वच्छ खानेपानीको व्यवस्था गराउन र खानेपानीमा हुने वातवरणीय तथा हानिकार प्रभाव रोक्दै जलस्रोतलाई प्रदुषणमुक्त बनाउन ऐन बनाईएको उनले बताए । १०औ नगरसभाले भवन निर्माण अनुमति प्रक्रियाको कार्यविधी २०७८, भवन अभिलेखीकरण सम्बन्धी कार्यविधी २०७८ र खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता तथा नविकरण व्यवस्थापन कार्यविधी २०७८ पारित गरेको छ ।

नगरसभाले १ करोड ४४ लाख ८९ हजार ९७९ रुपैयाँ बेरुजु पछ्र्यौट गरेको छ । आर्थिक बर्ष२०७६/७७ सम्म अन्तिम लेखा परिक्षणबाट औल्याईएको नियमित गर्नुपर्ने बेरुजु मध्य उपलब्ध प्रमाण र कागजातको आधारमा बेरुजु पछ्यौट गरिएको बताइएको छ । बाँकी बेरुजु पछ्र्यौट गर्नलाई बेरुजु पछ्र्यौट समिति तत्काल गठन गर्न सुझाव दिइएको छ ।

नगर प्रमुख किसान गुरुङले पाँच वर्षमा विकासको जग बसाल्न सफल भएको बताएका छन् । नगरसभालाई सम्बोधन गर्दै उनले जनप्रतिनिधि र कर्मचारीले जनतामाथि खेलवाड गर्न नहुने बताए । आफुहरुले पाँच बर्षमा गरेका कामको जनताले समिक्षा गर्ने उनको भनाई छ । शुक्लागण्डकी नगरपालिका-६ का वडा सदस्य बुद्धिबहादुर थापाले पाँच वर्षे कार्यकालमा गौरवका आयोजना भन्न मिल्ने काम खासै गर्न नसकेको बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker