देवघाटमा निःशुल्क स्वास्थ्य शिविर

भञ्ज्याङ न्युज

तनहुँको देवघाट गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । गाउँपालिकाको जनस्वास्थ्य इकाई, एरिया०३ लियो जिल्ला परिषद ३२५ वि२ र छिपछिपे स्वास्थ्य चौकी देवघाट-३ को संयुक्त आयोजनामा शनिबार छिपछिपेका स्थानीयलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट १६० जनाले सेवा लिएका थिए । शिविरमा ६० जनाको दाँत फुकाल्ने तथा औषधी वितरण पनि गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले उद्घाटन गरेको उक्त शिविरमा भरतपुर अस्पतालका डा. प्रदिप सापकोटा, भरतपुर पोलिक्लिनिकका डा. धनेश्वर यादव र दन्त स्वास्थ्यकर्मी ढोरबराही डेण्टल केयर सेन्टरका भरत पोख्रेलले सेवा प्रदान गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker