गण्डकी साक्षर प्रदेश घोषित

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बीच गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन् ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह ९१५–६०० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरा भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको हो ।

१५ वर्षमुनिका ९७.३ प्रतिशत बालबालिकाले भर्ना भएर अहिले विद्यालयमा पढिरहेकाले भदौ ३० गते गण्डकी प्रदेश सरकारको निर्णयअनुसार आइतबार साक्षर घोषणा गरिएको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

‘चार वर्षसम्म साक्षरता दर अझै बढाउन विभिन्न कार्यक्रम भइरहेका थिए । त्यही कार्यक्रममार्फत साक्षरता दर अहिले ९६.५७ पुगेको हो,’ उनले भने । गण्डकीका ८५ वटै पालिका र ११ वटै जिल्लाले यसअघि नै साक्षर घोषणा गरिसकका थिए।

पोखराको नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker