शुक्लागण्डकी-२ मा मुक्ति समाज गठन

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेको वर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज शुक्लागण्डकी नगरपालिका-२ मा वडा कमिटी गठन गरिएको छ । वडा नं. २ को एक्लेखेतमा आयोजना गरिएको भेलाले कुमार विकको अध्यक्षमा २१ सदस्यीय मुक्ति समाज गठन गरेको हो ।

समाजको उपाध्यक्षमा रेखा परियार, सचिव समिक्षा विक, सह सचिवमा विकास विक र केशबहादुर परियार चयन भएका छन् । सदस्यहरुमा विमल वि.क, सरस्वती परियार, सन्दिप वि.क., विनोद वि.क., सुरक्षा वि.क., सुरेश विक., सागर विक, आषिश विक, पुजा वि.क., माया परियार, विकास सुनार, रामचन्द्र परियार लगायत रहेका छन् ।

समाज गठन कार्यक्रममा एमाले केन्द्रीय सदस्य सविता रसाइलीले महिला र दलित समुदायका अधिकार स्थापित गर्न एमाले पार्टीले योगदान दिएको बताइन् । उनले आफुलाई स्थानीय तहको उपमयेर बन्ने अवसर एमालेले प्रदान गरेर समग्र महिला तथा दलित वर्गलाई न्याय गरेको चर्चा गर्दै समुदायको परिवर्तनका लागि एमालेमा समाहित भएर अघि बढ्न समेत आग्रह गरिन् ।

भेलामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तिर्थराज खनाल, मुक्ति समाज शुक्लागण्डकी नगरकी इञ्चार्ज सिता विक, एमाले शुक्लागण्डकी-२ का इञ्चार्ज धर्मराज तिमिल्सिना, शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य भरत लामगादे, मुक्ति समाज शुक्लागण्डकीका अध्यक्ष दुर्गाबहादुर विक लगायतका वक्ताहरुले दलित समुदायका अधिकार स्थापितका लागि संविधानमा गरिएको व्यवस्थालाई ब्यवहारमा लागु गर्नर्ुपर्नेमा जोड दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker