भानुमा पशु स्वास्थ्य घुम्ती शिविर

भानु : तनहुँको भानु नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाले पशु स्वास्थ्य सम्बन्धी दुईदिने निःशुल्क घुम्ती शिविर सम्पन्न गरेको छ । गत शुक्रबार र शनिबार सञ्चालन गरिएको उक्त शिविर भानु नगरपालिका–६ सिम्पानी तथा वडा नं. ४ रानागाउँ र खातिथोकमा सम्पन्न गरिएको हो ।
शिविरमा डा. सन्तोष देवकोटा तथा भानु नगरपालिका पशु विकास शाखामा कार्यरत प्राविधिकहरूको सहजीकरण गरेका थिए । शिविरबाट करिब २५० जना कृषक लाभान्वित भएको बताइएको छ ।
कार्यक्रममार्फत पशुहरूको निःशुल्क औषधी वितरण, सामान्य उपचार, बन्ध्याकरण तथा खोप सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । स्थानीय कृषकहरूले यस्तो प्रकारका घुम्ती शिविरले पशुपालन व्यवसायलाई सहज र प्रभावकारी बनाउन सहयोग पुगेको बताएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker