प्रेस चौतारी तनहुँद्वारा सल्लाहकार चयन
भञ्ज्याङ समाचारदाता/दमौली

प्रेस चौतारी नेपाल तनहुँ शाखाले सल्लाहकार चयन गरेको छ । नवौ अधिवेशनबाट निर्वाचित समितिको सोमबार बसेको पहिलो बैठकले अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको अध्यक्षतामा सल्लाहकार समिति चयन गरेको हो । सल्लाहकार समितिको सदस्यमा शाखाका पूर्व अध्यक्ष तारानाथ उपाध्याय, प्रेमप्रसाद पौडेल, त्रिभुवन श्रेष्ठ चयन भएका छन् ।
यस्तै, बैठकले माघ २२ गते चौतारीको स्थापना दिवस मनाउने निर्णय गरेको शाखा सचिव ऋषिकान्त दुवाडीले जानकारी दिए । शाखा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराइ, केन्द्रीय सदस्य एवं निवर्तमान अध्यक्ष नारायण खड्का, पूर्व अध्यक्ष शिवदत्त ढकाल, प्रेमप्रसाद पौडेल, त्रिभुवन श्रेष्ठ लगायतको उपस्थिति थियो ।










