रोटर्याक्ट क्लव अफ दमौलीको पदस्थापन

दमौली। रोटर्याक्ट क्लव अफ दमौलीको २१औँ पदस्थापन कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२/०२३ का अध्यक्ष विशाल श्रेष्ठले वर्ष ०२३/०२४ का अध्यक्ष अनुज बिमलीलाई पद हस्तान्तरण गरेका छन्। साथै वर्ष २०२३/२४ का पदाधिकारी तथा डाइरेक्टरहरुलाई सपथ ग्रहण गराइएको छ ।

निर्वाचित अध्यक्ष बिमलीलाई रोट्रयाक्ट डिष्ट्रिक ३२९२का एडिआरआर विश्वदर्शन पराजुलीले सपथ ग्रहण गराएका थिए भने अन्य निर्वाचित पदाधिकारीलाई अध्यक्षले सपथ ग्रहण गराएका थिए ।

साथै रोट्रयाक्ट दमौलीमा नयाँ प्रवेश गरेका ७ जना सदस्यलाई जोन १५का जेडआरआर विशाल श्रेष्ठले शनिबार नै सपथ ग्रहण गराएका छन् ।

सोही अवसरमा निवर्तमान अध्यक्ष विशाल श्रेष्ठ तथा सचिव किरण श्रेष्ठले निर्वाचित अध्यक्ष बिमली र निर्वाचित सचिव उमेश पौडेललाई चार्टर प्रमाणपत्र, कोलार, माइन्यूट लगायत क्लबका सामाग्रीका साथ पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष बिमलीले क्लबको गरिमालाई थप उच्च बनाउन प्रतिवद्ध भएर लाग्ने बताए । साथै उनले क्लब मार्फत समाज रुपान्तरणका लागि हुदै आएका कार्यक्रमहरुलाई निरन्तरता दिने र केही नयाँ कामहरुको सुरुवात गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

साथै निवर्तमान अध्यक्ष श्रेष्ठले सबैको साथ र सहयोगले आफ्नो कार्यकालमा इतिहासकै उत्कृष्ट कार्यक्रमहरु गर्न सफल भएको बताए । सोही अवसरमा उनले वर्षभरमा उत्कृष्ट योगदान गर्ने क्लव मेम्वर तथा विभिन्न संघसस्थालाई सम्मान समेत गरे ।

कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक ३२९२का एडिआरआर विश्वदर्शन पराजुलीले रोट्रयाक्ट दमौलीका धेरै काम अन्य क्लबले अनुशरण गर्न आवश्यक रहेको बताए ।

सोही अवसरमा कालिभञ्जन गण (इ)का प्रमुख सेनानी रामज्योति बोहोराले क्लबका गतिविधिको प्रंशंसा गर्दै आगामी दिनमा समन्वय गरि सामाजिक काम गर्ने इच्छा व्यक्त गरे । साथै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले रोटर्याक्ट दमौलीले लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई पनि प्राथमिकता दिन आग्रह गरेका थिए ।

क्लबले विगत ७ वर्षदेखि गर्दै आएको एक बालबालिका मेरो जिम्मेवारी कार्यक्रम अन्तर्गत आजै ७ जना बालबालिकालाई जनही रु एक हजार ५ सय, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ । १ जना बालबालिकाबाट सुरु भएको यो कार्यक्रममा अहिले ७ जना बालबालिका समेटिएका छन् ।

जसमा व्यास–११ सेरा स्थित बसन्त आधारभूत विद्यालयका कक्षा ७ का लिल बहादुर आले ,कक्षा ९ की मिना थापा मगर, व्यास–६ बाह्रबिसे स्थित इन्दु मावि कक्षा १०की शृष्मा काफ्ले, कक्षा ९की अमिशा गुरुङ, भानु–५ मैबल स्थित सरस्वती सदन मावि ५का किरण बिक, कक्षा ८का सुमित शाही र व्यास–३ देउराली नगर स्थित शिवपाञ्चान मा वि कक्षा ८का नवराज परियार रहेका छन् ।

त्यस्तै गरि क्लबले यस वर्षदेखि ६ जना विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा समेत गरिदिएको छ । जसमा ५ देखि ७ जनाको परिवारले निशुल्क स्वास्थ्य सेवा लिन सक्नेछन् । स्वास्थ्य बिमाका लागि छनोट भएका परिवारलाई सोही अवसरमा बिमा कार्ड हस्तान्तरण गरिएको छ ।

साथै क्लबले हरेक वर्ष प्रकाशन गर्दै आएको रोट्रयाक्ट कोसेली विमोचन गरिएको छ भने क्लबको आफ्नै वेवसाइट पनि लन्च गरिएको छ । क्लबको वेवसाइटको बारेमा जानकारी दिदै प्रोफेसनल डेभलमेन्ट चियर पवन पौडेलले अब क्लबका हरेक गतिविधि वेवसाइटमा पनि हेर्न सकिने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker