विद्यार्थीलाई न्यानो पोशाक

भञ्ज्याङ न्यूज

भिमाद । टंकनाथ पराजुली शैक्षिक प्रतिष्ठानले आठौं स्मृति दिवसमा विद्यार्थीलाई न्यानो पोशाक उपलब्ध गराएको छ । भिमाद नगरपालिका-७ सिस्नेरी स्थित बाल विद्याश्रम आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो। विद्यालयमा अध्ययन गर्ने ३४ जना विद्यार्थीलाइ वितरण गरिएको पोशाकमा ट्रयाक सुट जुत्ता मोजा समेत करिव पचास हजार बराबरको विद्यालय पोशाक रहेको बताइउको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रेमप्रकाश भट्टराइको अध्यक्षतामा आयोजित कार्यक्रममा भिमाद नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव पदमराज आचार्य, विद्यालय व्यवस्थापन सिमितका पूर्व अध्यक्ष हरि भण्डारी, विद्यालयकी प्रधानाध्यापक सुमित्रा थापा लगायतले प्रतिष्ठानका बारेमा चर्चा गरेको प्रतिष्ठानका सदस्य ऋषिराम पोख्रेलले जानकारी गराए ।

सातौं स्मृति दिवसहरु सर्वोत्कृष्ठ विद्यार्थी सम्मान तथा प्रोत्साहन गरेर मनाउँदै आएको प्रतिष्ठानले आठौं स्मृति दिवस न्यून आय भएका अभिभावहरुका बालबच्चा अध्ययन गर्ने विद्यालयका छात्रछात्राहरुलाइ पोशाक विरतण गरेर मनाइएको प्रतिष्ठानकी संरक्षक राधा पराजुलीले बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker