दमौली अस्पतालको अध्यक्षमा थापा नियुक्त

भञ्ज्याङ न्यूज

दमौली अस्पताल विकास समितिको अध्यक्षमा देवेन्द्र थापा नियुक्त भएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार महिनापछि दमौली अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष नियुक्त गरेको हो । मन्त्रालयले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य थापालाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको छ ।

गत असोज २२ गते प्रदीपराज अधिकारीको कार्यकाल सकिएपछि अस्पताल व्यवस्थापन समिति पदाधिकारीविहिन बनेको थियो । व्यवस्थापन समितिमा नियुक्त भएका अध्यक्ष र सदस्यलाई केही दिनमा पदस्थापन गरिने भएको छ ।

सदरमुकामस्थित अस्पतालमा अध्यक्ष नियुक्ति नहुँदा विविध निर्णय प्रभावित हुँदै आएको थियो । अध्यक्ष नियुक्ति ढिलाइले अस्पतालको प्रशासनिक कार्यमा समस्या हुँदै आएको अस्पतालले जनाउँदै आएको थियो । अध्यक्ष नियुक्ति नहुँदा आर्थिक निर्णयहरु रोकिएका र यसले गर्दा अस्पताल सञ्चालनमा समेत बाधा पुग्दै आएको अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले बताए।

डा. पौड्यालका अनुसार समिति पदाधिकारीविहिन हुँदा अस्पतालमा कर्मचारी नियुक्ति पनि रोकिएका छन् । अस्पतालमा जनशक्ति कम भएको र नयाँ कर्मचारी नियुक्ति नहुँदा कार्यरत जनशक्तिले नै तोकिएभन्दा बढी समय काम गर्दै आएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker